
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ श्युले उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्ने सम्भावना रहेको कुराबारे बोल्दै सम्बन्धित पक्षले कोरियाली प्रायद्बिप क्षेत्रको शान्ति र स्थिरताका लागि हितकर हुने काम गर्ने आशा चीनले लिएको कुरा बताउनुभयो।
श्री मा छाउ श्युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
सो अवसरमा श्री माले कोरियाली प्रायद्बिपको शान्ति र स्थिरताको संरक्षण विभिन्न पक्षको हितसित अनुकूल भएको, सम्बन्धित पक्षले निरन्तर रुपमा प्रयास गरी कोरियाली प्रायद्बिपको आणविक समस्यासम्बन्धी छ पक्षीय वार्ताको प्रक्रियालाई सवल पार्ने आशा व्यक्त गर्नुभयो।
|