
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ श्युले अमेरिकी परराष्ट्र मन्त्री हिलारी क्लिन्टनको चीन भ्रमणले चीन र अमेरिकाबीचको पारस्परिक समझदारी बढाएको र सहमति विस्तार भएको कुरा बताउनुभयो। यसका साथै उहाँले श्रीमती हिलारीको यो भ्रमण चीन र अमेरिकाबीचको सम्बन्ध स्वस्थ र स्थिर रुपमा अगाडि बढाउन हितकर भएको कुरा बताउनुभयो।
श्री मा छाउ श्युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
श्री माले श्रीमती हिलारीको तीन दिने सफल भ्रमणले चीन र अमेरिका दुई मुलुकबीचको सम्बन्ध बढाएको ,साझा अभिरुचि तथा समस्याहरुबारे वैचारिक आदान-प्रदान भएको र सकारात्मक उपलब्धि हासिल गरिएको कुरा बताउनुभयो।
|