चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्युले आज चौबीस तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारको झण्डा उठाई चिनियाँहरुको आधारभूत सांस्कृतिक अधिकारमाथि आक्रमण गर्नु वहियात कार्य भएको बताउनुभएको छ।
उहाँले केही विदेशीले चीनबाट हराएका सांस्कृतिक तथा पुरातत्विक सामग्रीहरु चीनलाई फर्काएको निहु पारेर कथित् मानव अधिकारको सुधार गर्न चीन सरकारमाथि दवाव दिइरहेको कुरा बताउनुभयो । उहाँका अनुसार सांस्कृतिक पैत्रिक सम्पत्तिको संरक्षण गर्नु र ती सामग्रीहरु संबन्धित मुलुकले पाउनु आधारभूत सांस्कृतिक हक-अधिकार हो। पश्चिमी शक्तिशाली मुलुकहरुले चीनमाथि आक्रमण गर्न चलाइएका युद्धहरुमा चीनका थुप्रै पुरातत्विक सामग्रीहरु लुटेर लगेका थिए। चीनको युआन मिङ्ग युआन पार्कबाट हराएका खरायो र मूसाका टाउकोयुक्त मूर्तिहरूलगायत् अन्य सामग्रीहरु चीनलाई फर्काउनु उचित हुन्छ। चीन सरकारले अवैध रुपमा गुमाएका सांस्कृतिक र पुरातत्विक वस्तुहरुको खोजतलाश गर्नेतर्फ ठूलो नजर पुर्याउँदै आएको छ।
उहाँको भनाइअनुसार चीनको युआन मिङ्ग युआन पार्कबाट गुमाइएका सामग्रीहरु लिलाम गरिएबाट चिनियाँहरुको सांस्कृतिक हक-अधिकार, हित र राष्ट्रिय भावनामाथि खलल पुग्नेछ। सम्बन्धित पक्षले चिनियाँहरुको न्यायोचित आग्रहको सम्मान गर्न र त्यसबारे बुझ्न चीनले आशा गरेको छ।
|