china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल चीन मैत्री सम्बन्धमा सञ्चार संस्थाहरुले पुलको काम गरेको नेपालका लागिचिनियाँ राजदूतले बताउनु भएको छ
    (GMT+08:00) 2009-02-25 19:06:16    

          नेपालका लागि चिनियाँ राजदूत छ्‍वु कोहोङ्गले नेपाल र चीनबीच सूचना आदानप्रदानगरी दुवै देशबीचको सम्बन्धमा नयाँ आयाम र समझदारी विकसित हुने विश्वास व्यक्तगर्नुभयो।

         हिजो सोमबार काठमाडौँमा आयोजित नेपाल चीन मिडिया फोरम गठन कार्यक्रममाराजदूत कोहोङ्गले सो विचार व्यक्त गर्नुभएको हो। उहाँले दुवै मुलुकबीचकासम्बन्धमा कहिलेकाँही देखिने कमीकमजोरी हटाउन फोरमजस्तो सञ्चार संस्थाले पुलकोरुपमा कार्य गर्ने र दुवै मुलुकको आर्थिक तथा वाणिज्य क्षेत्रलाई थप विकसित गर्नसहयोग गर्ने बताउनुभयो। नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरमा विस्तार एवं सवलीकृत गर्ने उद्देश्यलेसञ्चारकर्मीहरुको पहलमा नेपाल चीन मिडिया फोरम गठन गरिएको हो। पत्रकार किशोरश्रेष्ठको अध्यक्षतामा फोरम गठन गरिएको छ।

           सो अवसरमा बोल्दै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले नेपाल र चीनबीचसरकार, संसद र जनस्तरमा राम्रो सम्बन्ध रहेको र यसलाई समयसापेक्ष बनाउन मिडियाफोरमले थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले चीनल नेपालको सुखदु:खमा सदैव विशिष्ट र रचनात्मक सहयोग गर्दै आएकोउल्लेख गर्दै नेपालसम्म चिनियाँ रेलवे सेवा विस्तार गर्नेतफ चीन सरकारलाईध्यानाकर्षण गराउन सञ्चारक्षेत्रले पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नवगठित फोरमको कार्यसमितिमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्मा र राष्टि्रयसमाचार समितिका महाप्रवन्धक जयशंकर महतो समेत रहनु भएको छ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040