चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता मा चाउ स्युले आज पैचिङ्गमा बोल्दै चीनले जापानी विदेश मन्त्री हिरोफुमी नाकासोनेको पहिलो चीन भ्रमणमा महत्व दिँदै जापानसँगसँगै मिलेर उहाँको चीन भ्रमणमा सकारात्मक उपलब्धि हासिल गर्न प्रयास गर्ने आशा लिएको कुरा बताउनुभएको छ। साथै उहाँले आपसी रणनैतिक हितयुक्त सम्बन्धलाई निरन्तर गहन रुपमा विकसित पार्ने इच्छा पनि प्रकट गर्नुभएको छ।
आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माले उक्त जानकारी दिनुभएको हो।
थाहा भए अनुसार, चीनका परराष्ट्र मन्त्री याङ चे छको निमन्त्रणामा जापानी नवनियुक्त विदेश मन्त्री हिरोफुमी नाकासोनेले यसै महिनाको अठाइसदेखि मार्च एक तारिखसम्मको अवधिमा चीनको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ।
|