चिनियाँ सहायक विदेशमन्त्री हु चेङ्वुई आज साँझ काठमाडौँ आइपुग्दैहुनुहुन्छ।
चिनियाँ सरकारको विशेष दूतका रुपमा तीनदिने नेपाल भ्रमण गर्न लाग्नु भएकाचेङ्वुई हङ्गकङ्गबाट काठमाडौँ उडानमा आज साँझ आइपुग्न लाग्नुभएको हो।
उहाँ दससदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दैहुनुहुन्छ। नेपालसँगको सम्बन्धलाई छिमेकी मित्रराष्ट्र चीनले विशेष महत्व दिएको र विशेषदूतका रुपमा सहायक विदेशमन्त्रीलाई नेपाल भ्रमणमा पठाएको विश्लेषकहरुले बताएकाछन्। नेपाल भ्रमणका क्रममा चिनियाँ सहायक विदेश मन्त्री चेङ्गुईले प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी विशेष कुराकानी गर्नुहुनेछ। चिनियाँदूताबासको प्रेस तथा राजनीतिक विभागका वाङ्गले सि.आर.आई.लाई बताउनु भएअनुसार दुवै नेताबीचमा पारस्पारिक सहयोग र सम्बन्ध विस्तारका विषयमा कुराकानीहुनेछ।
चालुवर्ष नयाँ चीन स्थापना भएको 60 औं वाषिकोत्सव हो। यही वर्ष चीनकोतिब्बत शान्तिपूर्ण रुपमा दासत्ताबाट मुक्त हुँदै मुख्यभूमि चीनमा समाहित भएको 50औं वाषिकोत्सव पनि हो। यस अवसरमा दुई देशबीचको मैत्री सम्बन्धलाई थपउचाइमा पुर्याउनका लागि दुवै देशका उच्च राजनीतिक प्रतिनिधिण्मडलहरुको भ्रमणआदानप्रदान पनि हुन जरुरी छ।
चिनियाँ सहायक विदेशमन्त्री चेङ्गुईले नेपाल भ्रमणका क्रममा गृहमन्त्री वामदेवगौतम तथा रक्षामन्त्री रामबहादुर थापा वादलसँग पनि भेटघाट गर्नुहुने भएको छ।
उहाँले परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग पनि भेट गर्न खोज्नुभएको तर मन्त्री यादवआजै विदेश भ्रमणमा जानु भएकाले भेट हुन नसक्ने परराष्ट्र मन्त्रालयले बताइसकेको छ।
चेतनाथ अचार्य
सि.आर.आई.
काठमाडौँ
|