चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ श्युले अमेरिकाले आफ्नो मानव अधिकारको समस्याबारे बढीभन्दा बढी सोच-विचार गर्नुपर्छ र मानव अधिकारको रक्षकको धाक दिएर मानव अधिकारसम्बन्धी प्रतिवेदनबाट आफ्नो दुनो सोझ्याउँदै अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ भनी अमेरिकालाई चीनले सम्झाएको कुरा व्यक्त गर्नुभयो।
उहाँले छब्बीस तारिख पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी परराष्ट्र मन्त्रालयको मानव अधिकारसम्बन्धी प्रतिवेदनमा चीनलगायतका मुलुकको मानव अधिकार बारे आफू खुशी दोषारोपण गरिएको विषयलाई लिएर टिप्पणी गर्दै उक्त कुरा बताउनुभएको हो।
|