सन 2009 चीनका दुईवटा राष्ट्रिय अधिवेशनको आयोजनाअघि हङकङ विशेष प्रशासनिक क्षेत्रका चिनियाँ राष्ट्रिय जन प्रतिनिधि र चिनियाँ जन राजनैतिक परामर्शदात्री व्यूरोका सदस्यले आफ्नो सर्भेक्षणको नतिजा र सुझाव तयार गरिरहेका छन्। मुख्य भूमिसँग मिलेर अन्तर्राष्ट्रिय बैंकिङ संकटको सामना गर्नु नै उहाँहरुको मुख्य उद्देश्य बनेको छ।
हङकङ विशेष प्रशासनिक क्षेत्रका दुईजना चिनियाँ राष्ट्रिय जन प्रतिनिधि र चिनियाँ जन राजनैतिक परामर्शदात्री व्यूरोका सदस्यले हिजो बेग्ला-बेग्लै रुपमा हङकङमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस पटकको दुईवटा राष्ट्रिय अधिवेशनमामार्फत चीन सरकारसमक्ष हङकङका जनताको विचारबारे जानकारी दिइने बताइएको छ।
|