चीन सरकारले आज "तिब्बतमा प्रजातान्त्रिक सुधार भएका पचास वर्ष"शीर्षकको श्वेतपत्र प्रकाशित गरेको छ। त्यसमा भनिएको छ: चीन सरकारले सशक्त कदम चालेर तिब्बती भाषाको प्रशिक्षण, प्रयोग र विकासलाई अघि बढाउनुका साथै तिब्बतको परम्परागत जातीय सांस्कृतिक पूरातात्त्विक वस्तुको प्रभावकारी रुपमा संरक्षण र विकास गर्दैआएको छ।
उक्त श्वेतपत्रमा अगाडि भनिएको छ: तिब्बतमा तिब्बती जाति र हान जातिको भाषा सँगसँगै प्रयोग गरिने र तिब्बती भाषा मुख्य रहेको लिपि नीति लागू गरिनेछ। तिब्बती भाषाको प्रसारण हरेक दिन लगभग अठार घण्टा हुन्छ। तिब्बती भाषाको टेलिभिजन स्टेशन चौब्बीसै घण्टा प्रसारण गरिन्छ। तिब्बती भाषाका अखवार तथा पत्रिकारका संख्या पनि चौबीस पुगेका छन्।
|