आज चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकका प्रवक्ता चाउ छि चन्ले बोल्दै आज मध्यान्ह बाह्र बजेसम्म सचिवालयले दुई सय छपन्नवटा प्रस्ताव प्राप्त गरेको कुरा बताउनुभयो । उहाँका अनुसार स्वदेशी चाहनालाई विस्तार गर्नु र सीमा व्यापार बढाउनुजस्ता आर्थिक विषय उक्त प्रस्तावका महत्वपूर्ण भाग बनेका छन्।
चाउ छि चन्का अनुसार चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका सदस्यहरुले सीमा व्यापारमा मन्दी भएको अवस्थाबारे निकै चासो लिनुभयो र सीमा व्यापारलाई कसरी विस्तार गर्ने भन्ने विषयबारे ध्यानाकर्षण गर्नुभयो । यसका अतिरिक्त रोजगारलाई विस्तार गर्नु र शहर तथा गाउँबीचको विषमतालाई सांघुरो पार्ने विषय पनि सदस्यहरुको नजरमा परेको छ ।
चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठक भोलि दिउँसो तीन बजे जन बृहत् सभा भवनमा सुरु हुनेछ र मार्च बाह्र तारीख बिहान सम्पन्न हुनेछ।
|