
चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं समितिको दोस्रो सम्मेलन र चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको एघारौं समितिको दोस्रो सम्मेलन यसै महिनाको तीन तारिखका दिन र पाँच तारिखका दिनदेखि बेग्ला-बेग्लै रुपमा शुरु भएका छन्।
चीनका दुई वटा वार्षिक राष्ट्रिय महाधिवेशन चिनियाँ जनताको सामाजीक जीवनमा एउटा ठूलो कार्य हुन्। चालू वर्षको दुई वटा राष्ट्रिय महाधिवेशन विश्वव्यापी बैकिङ संकटको पृष्ठभूमिमा आयोजित भएको हो। त्यसैले मेरो विचारमा चालू वर्षको दुई वटा राष्ट्रिय महाधिवेशन झन् महत्वपूर्ण रहेको छ।
मैले चालू वर्षको दुई वटा राष्ट्रिय महाधिवेशनमा "स्वदेशी आवश्यकतालाई बढाउने, आर्थिक बृद्धिलाई कायम राख्ने, आर्थिक बनौटलाई सुव्यस्थित पार्ने, कृषि, ग्रामीण क्षेत्र, किसान" ती अर्थतन्त्रसित सम्बन्धित रहेका विषय-सूचिहरुमाथि नजर पुर्याइरहेको छु। मैले विशेष गरी कृषि, ग्रामीण क्षेत्र, किसान ती तीन वटा विषयहरुमाथि नजर पुर्याइरहेको छु। चीनले लगातार छ वर्षसम्म ग्रामीण क्षेत्रको विकासलाई मुख्य विषयको रुपमा राखेर "एक नम्बर दस्तावेज" सार्वजनिक गरेको छ। चालू वर्ष चीनले सार्वजनिक गरेको "एक नम्बर दस्तावेज"का अनुसार, सन् 2009 सालमा चीनले कृषिको उत्पादनालई निरन्तर रुपमा स्थिर पार्ने र किसानहरुको आम्दानीको बृद्धिलाई सबल पार्ने छ। चीनको अर्थतन्त्रको समष्टिगत विकासका लागि कृषिको विकास, ग्रामीण क्षेत्रको स्थिरता र किसान धनी बनुन् भन्ने कुरा महत्वपूर्ण हुन्। चालू वर्षका दुई वटा राष्ट्रिय महाधिवेशनमा कृषि, ग्रामीण क्षेत्र, किसान ती तीन वटा विषयहरु मुख्यतःछलफल गरिने छ। जस्तै भनौं किसानहरुको आम्दानीको बृद्धि, रोजगार पाउन शहर गएका किसानहरुको रोजगार, ग्रामीण क्षेत्रको आधारभूत प्रबन्धको निर्माण, ग्रामीण क्षेत्रको चिकित्सा सेवा प्रणालीको निर्माण। दुई वटा राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरु र सदस्यहरुले चीन सरकारले कृषि, ग्रामीण क्षेत्र, किसान ती तीन वटा क्षेत्रहरुमा थप लगानी लगाउने विषयबारे मुख्यतःछलफल र अनुगमन गर्नुहुने आशा मैले लिएको छु।
अन्त्यमा मैले दुई वटा राष्ट्रिय महाधिवेशन पूर्ण सफलताको कामना गर्दछु ।
|