china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन भोलिबाट शुरु
    (GMT+08:00) 2009-03-04 17:09:09    

                चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन भोलिबाट शुरु हुने भएको छ। आज बिहान यस पटकको अधिवेशनका प्रवक्ता ली चाउ सिंगले एउटा पत्रकार सम्मेलनको आयोजना गरी सो अधिवेशनको कार्यसूची तथा तयारी अवस्थाबारे पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।

               श्री ली चाउ सिंगका अनुसार चिनियाँ राष्ट्रिय जन कांग्रेसको यस पटकको वार्षिक अधिवेशन मार्च पाँच तारिख बिहानदेखि शुरु हुने कार्यक्रम रहेको छ। साढे आठ दिनसम्म चल्ने सो अधिवेशनका अवधिमा चीन सरकारको कार्य प्रतिवेदन सुनाएर लेखाजोखा गरिने, योजना प्रतिवेदनको लेखाजोखा तथा अनुमोदन गरिने, बजेट प्रतिवेदनको लेखाजोखा तथा अनुमोदन गरिने र चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको कार्य प्रतिवेदन सुनाएर लेखाजोखा गरिने आदि कार्यसूची रहेका छन्।

                चिनियाँ राष्ट्रिय जन कांग्रेसको यस पटकको वार्षिक अधिवेशनको आयोजना अन्तर्राष्ट्रिय बैंकिङ संकट निरन्तर रुपमा फैलिरहेको पृष्ठभूमिमा गरिएको हो। यस अन्तर्राष्ट्रिय बैंकिङ संकटबाट चीनको आर्थिक विकासमा पनि धेरै असर परेको देखिन्छ। यस्तो अवस्थामा चीन सरकारले आर्थिक विकासको तीब्रता र स्थिरतालाई कायमै राख्ने उद्देश्यले गत वर्षको अन्तमा चालिस खर्ब चिनियाँ युआनको प्रयोग गरी आर्थिक विकासलाई तेज पार्ने योजना प्रस्तुत गरेको थियो। आज बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त योजनाको चिनियाँ राष्ट्रिय जन कांग्रेस वा चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिद्बारा अनुमोदन गरिनुपर्छ कि पर्दैन भन्ने बिषयबारे कोही पत्रकारले प्रश्न सोध्नुभएको छ। यसका साथै दोहोरो निर्माण गर्न तथा कम गुण-स्तरको लगानीबाट जोगाउनका लागि चिनियाँ राष्ट्रिय जन कांग्रेसले कसरी निगरानीको भूमिका निर्वाह गर्ने भन्ने बिषयबारे पनि पत्रकारद्बारा प्रश्न सोधिएको छ। यसबारे जवाफ दिंदै श्री ली चाउ सिंगले भन्नुभयोः "चीनको केन्द्रीय सरकारले आगामी दुइ वर्षभित्र एघार खर्ब असी अर्ब चिनियाँ युआनको लगानी उपलव्ध गराउने भएको छ। यसको निर्देशनमा विभिन्न तहका स्थानीय सरकार तथा सामाजिक क्षेत्रले पनि लगानी उपलव्ध गराउने छन्। यसबाट जम्मा चालिस खर्ब चिनियाँ युआन रकम पठाइने भएको छ। चीन सरकारको योजनामा बन्दोबस्त गरिने लगानीलाई केन्द्रीय वार्षिक बजेटमा राखिनुपर्दछ। यसलाई चिनियाँ राष्ट्रिय जन कांग्रेसद्बारा अनुमोदन गरिनुपर्दछ। सन् 2009 मा चीनको आर्थिक तथा सामाजिक विकास योजना र यस वर्षको केन्द्रीय बजेट योजनाको लेखाजोखा तथा अनुमोदन गर्नु नै चिनियाँ राष्ट्रिय जन कांग्रेसको एघारौं राष्ट्रिय समितिको यस पटकको दोस्रो अधिवेशनको एउटा महत्वपूर्ण विषय हो। त्यसैले यस पटकको सम्मेलनले यी योजनाको ध्यानपूर्वक लेखाजोखा गर्नेछ भने चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको निगरानी कार्यमा यी योजना तथा बजेटको कार्यान्वयन गर्ने अवस्थामा अझ बढी महत्व दिने भएको छ।"

                 चिनियाँ राष्ट्रिय जन कांग्रेस चीनको सर्वोच्च आधिकारिक संस्था र कानून निर्माण गर्ने संस्था हो। चिनियाँ राष्ट्रिय जन कांग्रेसले वैज्ञानिक तथा प्रजातान्त्रिक तवरबाट कानूनको निर्माण गर्ने क्षेत्रमा हाल ठूलो प्रगति हासिल गरिएको कुरा पनि श्री ली चाउ सिंगले औंल्याउनुभएको छ। उहाँका अनुसार यस वर्षको जनवरी महिनाको अन्तसम्ममा चीनमा प्रभावकारी रुपमा लागू भइरहेका कानूनहरुको संख्या दुइ सय एकतीस पुगेको छ। चीनमा चिनियाँ विशेषतायुक्त कानून प्रणाली आधारभूत रुपमा सम्पन्न भइसकेको छ। यसमा शासन अधिकारको प्रयोगको निगरानी निरन्तर रुपमा सबल हुनुका साथै कानूनको निष्पक्षताको संरक्षण पनि गरिएको छ।

                यसका अतिरिक्त चीनको राजनैतिक व्यवस्थाको सुधारमा पनि स्पष्ट रुपमा उपलव्धि हासिल गरिएको छ। यसबारे चर्चा गर्दै श्री ली चाउ सिंगले यस्तो सुधार चीनको अवस्थासँग अनुकूल हुनुका साथै आर्थिक तथा सामाजिक विकासको मांगका लागि यो पनि समष्टिगत रुपमा अनुकूल रहेको कुरा बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः "प्रजातन्त्र नहुने हो भने समाजवादी आधुनिकीकरण पनि हुँदैन भन्ने हाम्रो ठहर रहेको छ। हामीले गरेको सुधार पश्चिमी मुलुकका राजनीतिज्ञको अपेक्षामा रहने सुधार त होइन, हाम्रो सुधार चाहिं चिनियाँ विशेषतायुक्त समाजवादको आत्म-सुधार तथा आत्म-विकास नै हो।"

                अन्तर्राष्ट्रिय बैंकिङ संकटबाट अन्य मुलुकलाई चीनद्बारा उपलव्ध गराइने सहायतामा असर पर्ने छ कि छैन भन्ने बिषयबारे पत्रकारले सोधेको प्रश्नको जवाफ पनि श्री ली चाउ सिंगले दिनुभएको छ। हाल अन्तर्राष्ट्रिय बैंकिङ संकटले विकासोन्मुख मुलुकमा यति धेरै असर परेको अवस्थामा चीनले विकासोम्मुख मुलुकसितको एकता तथा सहयोगमा अझ बढी महत्व दिएको कुरा बताउँदै उहाँले भन्नुभयोः "चीनमा एउटा उखान छः कठिन अवस्थामा साँच्चिकै भित्री भावना देखाइन्छ। हामीले केही विकासोन्मुख मुलुकको सहायतालाई कम पारेका छैनौं भने आफ्नो क्षमताबमोजिम आफ्नो सहायतालाई अझ विस्तार गर्ने भएका छौं।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040