|
चीनमा यसै वर्षका दुईवटा सम्मेलनको सफलताको लागि धेरै श्रोताहरूले आफ्नो शुभकामना सन्देश पठाउनु भएको छ। उहाँले आफ्नो इमेलमा उहाँले चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको दोस्रो अधिवेशन पैचिङ्गमा भब्यताका साथ शुरु भएको छ। भोलिदेखि चिनियाँ राष्ट्रिय जनकाँग्रेसको अधिवेशन पनि सुरु हुँदैछ।यसरी एक हप्ताकै अन्तरालमा दुईवटा यस्ता महत्वपूर्ण सम्मेलनले विश्वभरको ध्यान खिचेको छ।चिनियाँ परामर्शदात्री सम्मेलन नै राष्ट्रको सबैभन्दा उच्चस्तरीय सल्लाहकार संस्था पनि हो। मार्च तीन तारिखका दिनदेखि यो सम्मेलनको अधिवेशन भव्यताका साथ सुरु भएकोमा सम्पूर्ण चिनियाँ जनतालाई म अग्रिम बधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु भन्ने कुरा उल्लेख गर्नुभएको छ।
दुई हजारभन्दा बढी दिग्गज राजनीतिज्ञहरूको सही परामर्शले विश्व आर्थिक संकटमा रुमल्लिएर आहात भएको अवस्थामा मलम पट्टी लाग्ने विश्वास मैले गरेकी छु।दूरदर्शी विद्वानहरूको उचित सुझाबले रोजगार गुमाउनु परेका करोडौँ चिनियाँहरूको दिलमा आशाको दियो बल्नेछ भन्ने मैले ठानेकी छु।यसै समय सँगसँगै आर्थिक ह्रासबाट चीन मुक्त होस् र छिमेकी मुलुक नेपालमा पनि त्यसको सकारात्मक प्रभाव परोस् भन्ने मेरो कामना छ।
|