चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज बोल्दै चीन सरकारले श्रीलंकाको राष्ट्रिय क्रिकेट टिममाथि भएको आतंककारी प्रहारको कडा निन्दा गरेको कुरा बताउनुभयो।
प्राप्त समाचार अनुसार, श्रीलंकाको राष्ट्रिय क्रिकेट टिममाथि हिजो पाकिस्तानमा आतंककारी आक्रमण गरिएको थियो। त्यसमा परी कम्तिमा सात जना पाकिस्तानकी प्रहरी र सर्वसाधारणले ज्यान गुमाउनुका साथै केही खेलाडी र प्रशिक्षक घाइते भएका थिए।
|