china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री आदरणीय प्रमुख ज्यु, चिनियाँ अन्तर्राष्टि्रय रेडियोनेपाली विभाग, पैचिङ, जन गणतन्त्र चीन ।
    (GMT+08:00) 2009-03-04 19:31:46    

            चिनियाँ अन्तर्राष्टि्रय रेडियो नेपाली सेवामा कार्यरत आदरणीय प्रमुख, आदरणीय दिदीहरु कुसुम, केशरी मैया, च्या चे, वाँग स्यु चन् आदरणीय दाजुहरु चन्द्र, यु फँग, लिउ होंग स्याँग, कृष्ण के. सी., दयाराम दहाल साथीहरु रवि, राजु राम तथा बहिनीहरु हिमा, ललिता, प्रतिभा, मेघा, सुमेघा, लालिमा, मूना लगायत सम्पूर्ण सञ्चालक तथा कर्मचारीहरुमा मेरो हार्दिक तथा न्यानो अभिवादन ।

            अधिवेशनको हार्दिक शुभकामना

             प्रत्येक वर्ष जस्तै यसवर्ष 2008 मा पनि चीनको सर्वोच्च आधिकारिक निकायहरु चिनियाँ राष्टि्रय जन-कांग्रेस तथा चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनका नियमित तथा महत्वपुर्ण वार्षिक अधिवेशनहरु मार्च महिनाको पहिलो साता देखि चीनको राजधानी पैचिङमा शुरु हुदैछन् । सर्वप्रथम, म चीन एवं चिनियाँ जनताको अत्यन्त शुभेच्छुकको नाताले यी दुईवटा अधिवेशनहरुको पुर्ण सफलताको कामना गर्दछु ।

              चीनको सर्वोच्च आधिकारीक अंग-चिनियाँ राष्टि्रय जन-कांगे्रस हो । चीनको संविधान अनुसार, विभिन्न स्तरीय जन-कांगे्रसका प्रतिनिधिहरु प्रजातान्त्रिक निर्वाचनका माध्यमबाट जनताको प्रतिनिधित्व गरी मुलुक र विभिन्न स्थानको महत्वपुर्ण मामिलाको निर्णय गर्ने गर्दछन् । चिनियाँ राष्टि्रय जन-कांगे्रसका प्रतिनिधिहरुमा ऐन कानून बमोजिम राष्टि्रय मामिला, आर्थिक तथा साँस्कृतिक कार्य र सामाजिक मामिलाको व्यवस्थापन गर्ने अधिकार हुन्छ । यस व्यवस्थाको माध्यमबाट चिनियाँ जनताले मुलुक र जनताको भविष्य र भाग्यलाई आफ्नो हातमा पारेका हुन्छन् । चीनको जन-कांगे्रसले एकिकृत रुपमा मुलुकको अधिकारको उपयोग गर्दछ । यसले मुलुकको प्रशासनिक अंग, अदालत र न्यायधिवक्तका कार्यालयका सवै कर्मचारी नियुक्त गर्दछ । तिनीहरु जनता तथा जन-कांगे्रसको अनुगमन अन्र्तगत रहन्छन् र जनता तथा जन-कांगे्रसप्रति उत्तरदायी हुन्छन् ।

              संक्षेपमा, राष्टि्रय जन-कांगे्रसले प्रजातान्त्रिक र समावेशी तरिकाले सबैको मतको सम्मान गदै राजनैतिक परामर्श, जनतान्त्रिक अनुगमन र सरकारी कार्य एवं राजनीतिमा ब्यापक छलफल गरी बिगतका दिनहरुको प्रगति विवरणको सिंहावलोकन गर्दै आगामी दिनका लागि मुलुकको दिशा निर्देश गर्नु यसको मुख्य कार्य हो ।

             चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलन राष्टि्रय समिति तथा त्यसको स्थायी समितिले राजनैतिक परामर्श, प्रजातान्त्रिक निगरानी, सरकारी मामिलामा सहभागीलगायतका क्षेत्रमा आफ्नो कार्यभारलाई व्यावहारिक रुपमा बहन गर्नुका साथै जोडतोडसँग सिद्धान्तको खोजी गर्दछ र आ-आफ्नो संरचनालाई सबल पार्नको लागि विभिन्न कार्यहरु गर्दछ । यसले बिगत एक वर्षको अवधिमा सरकारका सम्वन्धित विभाग समक्ष पेश गरेका प्रस्तावहरु माथि छलफल गर्नुका साथै स्थायी समितिको बैठक बोलाई समाजवादी मेलमिलापयुक्त समाजको निर्माण सम्वन्धि प्रस्ताव प्रस्तुत गर्ने, समष्टिगत र रणनीतिक क्षेत्रका विषयहरु बारे अध्ययन अनुसन्धान गर्ने, विभिन्न प्रजातान्त्रिक पार्टी र निर्दलीय व्यक्तिहरुको भूमिकालाई अझ व्यापक बनाउने कार्य गर्दछ ।

              अन्तमा, चीनले विश्व रंगमञ्चमा विश्वशान्तिका लागि गरिरहेको पहल, चिनियाँ विशेषतायुक्त समाजवादको प्रभावबाट छोटो समयमै हासिल गरेको उच्चतम आर्थिक, सामाजिक तथा प्राविधिक उपलब्धिका कारण सिंगो विश्वको ध्यान चीनमा गइरहेको परिपेक्षमा यी दुईवटा अधिवेशनहरुले समस्त चिनियाँ जनताको लागि सूनौलो भविष्य निर्माण गर्ने र सम्पन्न समाजको निर्माण गर्ने दिशामा कोशेढुंगा सावित होउन, चीनले आर्थिक, सामाजिक तथा प्राविधिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्तिको लागि बिगतका वर्षहरुमा जस्तै समय सापेक्ष र ठोस योजना, नीति तथा रणनीति तर्जुमा गर्दै सफलताको शिखर चुम्न सफल होओस, चीनको अभिन्न अंग थाइवानलाई मातृभूमिमा समाहित गर्ने कार्यदिशामा शान्तिपुर्ण ठोस कदम चाल्न सफल होओस । यहि नै मेरो हार्दिक मंगलमय शुभकामना

    धन्यवाद

    मान बहादुर खत्री

    प्रमुख, साँस्कृतिक विभाग

    सी.आर.आई.श्रोता क्लवहरुको राष्ट्रिय परिषद,

    नेपाल ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040