|
तिब्बत स्वायत्त प्रदेशको चिनियाँ कम्युनिष्ट पार्टी समितिका सचिव चाङ्ग छिङ्ग लिले आज पैचिङ्गमा बोल्दै तिब्बत स्वायत्त प्रदेशले चिनियाँ र तिब्बती विशेषतायुक्त वैज्ञानिक विकास हुने बाटोको सिर्जना गरेमार्फत तिब्बतका विभिन्न जातिका नर-नारीहरुलाई विकासको उपलब्धिको उपभोग गराउने आशा व्यक्त गर्नुभयो।
श्री चाङ्ग छिङ्ग लीले आजै हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिंदै उक्त कुरा औंल्याउनुभएको हो। उहाँका अनुसार, तिब्बतमा प्रजातान्त्रिक सुधार लागू भएका पचास वर्षयता विभिन्न जातिका जनताहरुको जीवनमा स्पष्ट सुधार हुदैगएको देखिन्छ।
|