
मार्च तीन तारिख दिउँसो तीन बजेतिर चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशन पैचिङमा शुरु भयो। हिजो चिनियाँ जन काँग्रेसको वार्षिक अधिवेशन पनि शुरु भयो।
सबैलाई थाहा छ कि चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन र जन काँग्रेसले हरेक वर्ष आयोजना गर्ने यी दुई अधिवेशन सबै चिनियाँहरुले आफ्नो विचार व्यक्त गर्ने महत्वपूर्ण मञ्च र चीनको राजनैतिक जीवनको महत्वपूर्ण विभाग पनि हो। त्यसैले यी दुई अधिवेशनमा छलफल गर्ने विषयहरु सबैलाई रुचिपूर्ण हुनेछन्।
यसवर्ष यी दुई अधिवेशन अन्तर्राष्ट्रिय बैकिङ संकटको पूर्वाधारमा शुरु भएकाले अर्थतन्त्रको विकास, रोजगारीलगायत् अनेकौं विषय मानिसहरुद्बारा ध्यान दिइएको मुख्य विषय हुन्। विश्वको उतार-चढाउ हुने आर्थिक परिस्थितिमा भविष्यमा चीनको अर्थतन्त्रमा कसरी विकास गर्ने भन्ने बारेमा यी दुईवटा अधिवेशनले महत्वपूर्ण भूमिका खेल्नेछन्।
अर्थतन्त्रसम्बन्धी विषयबाहेक मैले खाद्यपदार्थको सुरक्षासम्बन्धी विषयमा आफ्नो दृष्टिकोण दिएकी छु। गतवर्ष अर्थात् सन् 2008 खाद्यसुरक्षाको बारेमा चिनियाँहरुलाई चिन्ता लागेको थियो। जनताले आनन्दसँग खाना खाने वातावरण बनाउनु पनि जनताको जीवनसित सम्बन्धित महत्वपूर्ण विषय हो।
फेब्रुअरी महिनाको अन्तिम दिन चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिले अन्तिम मतदान गरी "खाद्य पदार्थ सुरक्षा ऐन"को विधेयक पारित गरेको थियो। उक्त विधेयकअनुसार, चीनको राज्य परिषदले खाद्य पदार्थ सुरक्षा समितिको स्थापना गर्ने भएको छ। जसबाट खाद्य पदार्थको सुरक्षाको निगरानी तथा संचालन-कार्यलाई सबल पार्न सकिनेछ।
यस पटकको दुईवटा अधिवेशनले खाद्य पदार्थको सुरक्षाबारेमा कुन कुन कदमको तर्जुमा गर्लान् भन्ने प्रतीक्षामा म रहेकी छु।
|