
चीनको सर्वोच्च राष्ट्रिय अधिकारिक संस्था--चिनियाँ राष्ट्रिय जनकाँग्रेसको वार्षिक अधिवेशन आज विहान नौ बजेतिर पैचिंङमा शुरु भएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले सरकारी कार्य प्रतिवेदनमा बोल्दै यस वर्षको सरकारी कार्यको मुख्य विषय अन्तर्राष्ट्रिय संकटको सामना र अर्थतन्त्रको स्थिर तथा द्रूत विकास गर्नु हो भन्ने कुरा बताउनुभएको छ। यस सरकारी कार्य प्रतिवेदनबाट चीनले बैकिङ्ग संकटको सामना गर्ने संकल्प प्रतिविम्वित भएको छ।

यस प्रतिवेदनले विदेशी र स्वदेशी आर्थिक परिस्थितिको आधारमा व्यवहारिक तथ्याक र तथ्यले हाल चीनका सामु देखापरेको समस्या र चुनौतिलाई प्रकाश पार्नुका साथै विकासको लक्ष्य र व्यवस्थापनको दिशाबारे जानकारी दिएको छ। जसबाट चीन सरकारले अन्तर्राष्ट्रिय बैकिङ्ग संकटको सामना गर्ने संकल्प र क्षमतालाई स्पष्ट रुपमा देखाएको छ।

|