china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    संकटमा देखापरेको उत्तरदायित्वको महत्व
    (GMT+08:00) 2009-03-05 16:29:02    

                   चीनको एघारौं राष्ट्रिय जन कांग्रेसको वार्षिक बैठक आज पैचिंगमा सुरु भयो । चालू वार्षिक बैठक सुरु भएको बेला चीनका सामु अन्तर्राष्ट्रिय बैंकिंग संकट आइपरेको छ , चीनको आर्थिक विकासका लागि दबाब बढेको छ र आर्थिक सञ्चालनमा रहने बनौटपूर्ण र गहिरो तहको अन्तर्विरोध गहिरो हुँदै आएको छ । यसैले यस्तो पृष्ठभूमिमुनि चीनको राष्ट्रिय जन कांग्रेसको वार्षिक बैठक सुरु भएको कुरा स्वतः राष्ट्र र विश्वभरि आकर्षित भएको छ ।

                 व्यवसाय सञ्चालन गर्न गाह्रो रहेको , उपभोगमा मन्दी रहेको र रोजगारको दबाब बढेको जस्ता समस्याको समाधान गर्न बांकी नै रहेको छ । यसका अतिरिक्त यसभन्दा अघि अर्थतन्त्रलाई तेज पार्नका लागि चीन सरकारले प्रस्तुत गरेको चालीस खर्ब चिनियां युआन् बराबरको ठूलो रकमसम्बन्धी योजनाले पनि उक्त वार्षिक बैठकबाट अनुमति लिनु पर्दछ ।

                   राष्ट्रिय जनकांग्रेस चीनको सर्वोच्च राष्ट्रिय विधायिका अंग हो । प्रति वर्ष उक्त बैठकका मुख्य कार्यसूची चीन सरकारको कार्य प्रतिवेदनलाई लेखाजोखा गर्नु र अनुमति दिनु ,महत्वपूर्ण ऐनकानूनको तर्जुमा गर्नु र महत्वपूर्ण मामिला र महत्वपूर्ण नियुक्ति र पदच्युतिको निर्णय गर्नु हुन् ।

                  चालू वर्ष उक्त वार्षिक बैठकमा राष्ट्रिय जन कांग्रेसका कूल दुई हजार नौ सय जति प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । उहाँहरुले राष्ट्रभरका एक अर्ब तीस करोड जनताको जिम्मेवारी लिएर चालू वर्ष चीन सरकारको कार्य प्रतिवेदनलाई लेखाजोखा गर्नुहुनेछ । अन्तर्राष्ट्रिय बैंकिंग संकटको प्रभावमा उक्त प्रतिनिधिहरुले चीनको अर्थतन्त्र मन्दी हुने र रोजगारको दबाब बढ्ने समस्याको समाधान गर्नका लागि राय-सुझाव प्रस्तुत गर्नुपर्छ । यसका अतिरिक्त उहाँहरुले स्वास्थोपचार , शिक्षा , बस्ने प्रत्याभूति र बेरोजगारीलाई भत्ता दिने आदि क्षेत्रमा सरकारले अपनाएको नीति र कदमलाई दत्तचित्त भएर लेखाजोखा गर्नुपर्छ । जसबाट बैंकिंग संकटको प्रभावले व्यापक जनताको जीवनस्तर झर्नु नपरोस् ।

                    अर्को दृष्टिकोणबाट हेर्दा विश्वव्यापी क्षेत्रको संकट चीनका लागि अवसर बन्ने पनि सम्भावना रहेको छ । बैंकिंग संकटको धक्काको सामना गर्ने कार्यलाई मौकाको रुपमा अपनाएर चीनको अनेकन् आर्थिक र सामाजिक व्यवस्थाको सुधारलाई अघि बढाउनु र सच्चा रुपमा आर्थिक विकासको तरीकाको रुपान्तर साकार तुल्याउनु हाल राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिहरुका सामु आइपरेको महत्वपूर्ण विषय र चुनौती बनेको छ । धेरै सञ्चार माध्यमका अनुसार प्रतिनिधिहरुले पैचिंगमा आउनुभन्दा अघि नै पूर्ण रुपमा तयारी र अनुसन्धान तथा जांचबुझ गर्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040