china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सरकारी कार्य प्रतिवेदनबाट अन्तर्राष्ट्रिय संकटको सामना गर्ने चीनको विश्वास छर्लङ्ग देखिएको
    (GMT+08:00) 2009-03-05 16:33:05    
                    चीनको सर्वोच्च आधिकारिक संस्था—चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन मार्च पाँच तारिखका दिन पैचिङ्गमा शुरु भयो। चीनका प्रधानमन्त्री वन च्या पाउले चीन सरकारका तर्फबाट चिनियाँ राष्ट्रिय जन कांग्रेसको एघारौं राष्ट्रिय समितिका झण्डै तीन हजार प्रतिनिधिसमक्ष सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुभयो। अन्तर्राष्ट्रिय बैंकिङ संकट अझ फैलिइरहेको वर्तमान पृष्ठभूमिमा सो प्रतिवेदनले वास्तविक तथ्य र तथ्यांकमार्फत अन्तर्राष्ट्रिय बैंकिङ संकटको सामना गरी आर्थिक विकासको स्थिरता तथा तीब्रतालाई अझ कायमै राख्ने चीन सरकारको विश्वास तथा क्षमता देखाएको छ। यसका अतिरिक्त अझ कठिन अवस्थामा जनताको जीवन-स्तर तथा सामाजिक मेलामिलापमा अझ बढी महत्व दिनुपर्ने चीन सरकारको शासनको धारणा पनि सोही प्रतिवेदनमा छर्लङ्ग देखिन्छ।

                  लगभग बीस हजार अक्षर रहेको यो सरकारी प्रतिवेदनमा अन्तर्राष्ट्रिय र राष्ट्रिय आर्थिक परिस्थितिबमोजिम बैंकिङ संकटको सामना गरी आर्थिक विकासको स्थिरता तथा तीब्रतालाई प्रत्याभूत गर्नु नै यस वर्ष चीन सरकारको कार्यको मुख्य बिषय बनाइएको छ। हाल विश्वका केही मुलुकले बैंकिङ संकटको असरबाट यथाशिघ्र मुक्त हुने विश्वास नगरी आ-आफ्नो दृष्टिकोण चीनमा पुर्‍याएका परिप्रेक्ष्यमा उक्त प्रतिवेदनले दूर्लभै देखिने वर्तमान बैंकिङ संकटलाई जित्ने चीन सरकारको विश्वास तथा क्षमता पूर्ण रुपमा देखाएको छ। यसबारे चर्चा गर्दै प्रधानमन्त्री वन च्या पाउले भन्नुभयोः

                   "हाम्रो आर्थिक तथा सामाजिक विकासको आधारभूत अवस्था र दीर्घकालसम्म अझ राम्रो हुँदै जाने प्रवृत्तिमा परिवर्तन भएको छैन। त्यसैले हालको कठिनाइको सामना गरी चुनौतिलाई जित्न सक्ने हाम्रो पूर्ण विश्वास, शर्त तथा क्षमता रहेको छ।"

                     वास्तवमा गत वर्ष चीनको आर्थिक तथा सामाजिक विकासमा प्राप्त गरिएको उपलव्धिले चीन सरकारको विश्वासलाई सबल पारेको छ। गत साल सारा विश्वको आर्थिक बृद्धि स्पष्ट रुपमा ढिलो भएको र चीनको स छुआन प्रान्तमा भयङ्कर भूकम्प प्रकोप भएको नराम्रो परिस्थितिमा चीनको आर्थिक बृद्धिको स्थिरता तथा तीब्रताको प्रवृत्ति अझ कायमै हुँदै आएको देखिन्छ। गत साल चीनको गार्हस्थ उत्पादन परिमाण तीन अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ। जुन सन् 2007 को तुलनामा नौ प्रतिशतले बृद्धि भएको हो। गत सालको शुभारम्भमा प्रस्तुत गरिएको सरकारी कार्य प्रतिवेदनमा निश्चित गरिएका विभिन्न विकास लक्ष्यलाई आधारभूत रुपमा साकार तुल्याइएको छ।

                    अन्तर्राष्ट्रिय बैंकिङ संकटबाट उत्पन्न भएको पहिलो चरणको परीक्षाबाट चीन सरकारले सफलताका साथ उत्तीर्ण भएर संकटलाई जित्ने प्रयासमा सकारात्मक उपलव्धि हासिल गरेको छ। यसबाट चीन सरकारको विश्वास पनि दृढ भएको देखिन्छ। अन्तर्राष्ट्रिय बैंकिङ संकटबाट चीनमा पुर्‍याइएको असर दिनप्रति दिन स्पष्ट देखिएको परिप्रेक्ष्यमा चीन सरकारले आफूसामु देखापरेका विभिन्न कठिनाइमा ठीक नजर पुर्‍याएर श्रृंखलाबद्ध कदम चालेको छ। आजको सम्मेलनमा बोल्दै प्रधानमन्त्री वन च्या पाउले यी प्रयासमा सकारात्मक सफलता प्राप्त गरिएको कुरा बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

                   "आर्थिक सञ्चालनमा देखापरेको मुख्य मतभेदलाई शिथिल पार्न, विश्वासलाई सबल पार्न, निर्दिष्ट योजनालाई स्थिर पार्न र आर्थिक विकासको स्थिरता तथा तीब्रतालाई कायमै राख्नका लागि यी कदमहरुले निकै महत्वपूर्ण भूमिकाको निर्वाह गरेका छन्।"

                  यस वर्ष आर्थिक बृद्धिबारे चीन सरकारले स्पष्टताका साथ निश्चित गरेको लक्ष्यबाट पनि बैंकिङ संकटको सामना गर्ने चीन सरकारको विश्वास प्रतिबिम्बित भएको देखिन्छ। चीन सरकारले यस वर्षको राष्ट्रिय गार्हस्थ उत्पादन परिमाणको बृद्धिदरलाई आठ प्रतिशत निश्चित पारेको छ। यसबारे जानकारी दिंदै प्रधानमन्त्री वन च्या पाउले भन्नुभयोः

                  "यहाँ मैले मुख्य रुपमा भन्न चाहेको कुरा के हो भने हामीले विकासको आवश्कयता तथा सम्भावनाबारे मिलिजुली विचार गरेपछि आठ प्रतिशत जतिको लक्ष्य प्रस्तुत गरेका हौं। नीति ठीक हुनुका साथै उचित कदमलाई ठोस रुपमा व्यवहारमा उतारेको खण्डमा यस लक्ष्यलाई साकार तुल्याउने सम्भावना रहेको छ।"

                  प्रधानमन्त्री वन च्या पाउले "जनताको जीवनमा महत्व दिनुका साथै मेलमिलापको प्रवर्द्धन गर्नु" नै चीन सरकारको यस वर्षको कार्यका महत्वपूर्ण सिद्धान्तहरुमध्येको एक रहेको कुरा बताउँदै भन्नुभयोः

                " अझ कठिन अवस्थामा जनताको जीवनमा अझ बढी महत्व दिनुपर्छ र समाजको मेलमिलाप तथा स्थायीत्वको अझ प्रवर्द्धन गर्नुपर्छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040