china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनको सफलताको कामना
    (GMT+08:00) 2009-03-05 18:20:08    

            मंगलबार बेइजिङमा शुरु भएको चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशनले चिनियाँ कम्युनिष्ट पार्टी र चीनको केन्द्रीय सरकारको नीतिप्रति पूर्ण समर्थन जाहेर गर्नु वर्तमान विश्वव्यापी आर्थिक संकटको सामना गर्ने एउटा सशक्त हतियार हो। अधिवेशनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय समितिका अध्यक्ष च्या छिङलिनले गर्नुभएको यस प्रतिबद्धताले वार्षिक अधिवेशनपछि सम्मेलनको दिशा के हुने हो भनेर चिन्ता व्यक्त गर्नेहरुको मनमा खुशी छाएको पाइएको छ।

             तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाको गत वर्षको हिंसात्मक दंगा नियन्त्रणका सन्दर्भमा पश्चिमा सञ्चार माध्यमहरुमा छाएका झुटा र कपोलकल्पित समाचारहरु र आधारहीन विचारहरुको परिप्रेक्षमा अध्यक्ष च्या छिङलिनले गत वर्षको मार्च चौध तारिखका दिन तिब्बतको राजधानी ल्हासामा गराइएको ध्वंसात्मक र अबरोधात्मक, अनि हिंसात्मक र अवैधानिक आतंक र यस्तै अन्य गतिविधिलाई रोक्नका लागि सरकारले चालेका कदमको चिनियाँ जन राजनीतिक परामर्शदात्री समितिको राष्ट्रिय सम्मेलन सर्वसम्मत रुपमा समर्थन गर्दछ भन्नुभएकोमा यसले चीनको विकास चाहने हामीजस्ता सबै चीनप्रेमीहरुको मनलाई शान्त बनाएको छ।

              एक वर्षअघि चीनको स्छुवान प्रान्तमा गएको विनाशकारी भुइँचालो र बेइजिङ ओलम्पिकको भव्य र सफल आयोजनापछि चीन सरकारले अब आफ्नो ध्यान रोजगारीका अवसर सिर्जना, शिक्षा, स्वास्थ्य क्षेत्रको विस्तार तथा सुधार र खाद्य सुरक्षाको सुदृढीकरणतर्फ केन्द्रित गर्ने आशा हामीले गरेका छौं। मार्च बाह्र तारिखसम्म जारी रहने सो सम्मेलनको वार्षिक अधिवेशनले वर्तमान विश्वव्यापी आर्थिक मन्दीबाट पार पाउने उपायका बारेमा पनि सरकारलाई सुझाव दिने छ जसले चीनको अर्थतन्त्रको सुधारका लागि थप उत्प्रेरणा प्रदान गर्ने आशा गरिएको छ।

               अन्त्यमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको यस वार्षिक अधिवेशनको सफलताको कामना गर्दछु।

    कमल लम्साल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040