china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     मेरो चीन भ्रमण पहिलो भाग
    (GMT+08:00) 2009-03-05 18:28:40    

             पर्यटकीय स्थलहरु :

              क्वान्सी प्रान्त चीनको प्रमुख एक सुन्दर प्रान्त हो । यो प्रान्त हावापानी, पर्यावरण एव प्रदुषण रहित रहेकोले बस्नको लागि चीनको सवैभन्दा उर्पयुक्त स्थल हो । चीनको भ्रमण गर्ने 100 भन्दा बढि मुलुकका राष्ट्र प्रमुखहरुले यस प्रान्तको भ्रमण गरेका छन् । अमेरिकी राष्ट्रपती विल क्लिन्टनले पनि यस प्रान्तको भ्रमण गरेको प्रमाण शिलालेखमा स्पष्ट रुपमा राखिएको छ । यस प्रान्त प्राकृतिक दृष्टिकोणले मात्र नभई कृतिम दृष्टिकोणले पनि निकै सुन्दर रहेकोले यहाँ पर्यटकीय महत्व बोकेका स्थलहरु अनगिन्ति रहेका छन् । यस प्रान्तमा रहेका पूरातात्विक, ऐतिहासिक, धार्मिक एवं अन्य दृष्टिकोणले महत्व राखेका स्थलहरुमा ल्यौ चो, मिङश थेन, एशियाली सम्मेलन केन्द्र, किश्युशान स्थल, वांङयाउ प्राचीन सेतो टाउको भएको वादरको जन्मथलो, प्राचीन  याङमेई शहर, कुनलुन पास, याङशो, याङशो साँग्रिला, हंजातीयन र कुइलिन प्रमुख रहेका छन् । यसका अलवा यहाँका विभिन्न अल्पसंख्यक जातजातिका लवाई, खवाई, बसाई, रीतिरिवाज, संस्कार, संस्कृति एव. चालचलन पनि निकै अनोठा किसिमको पाइन्छ ।

            पहाड

             त्यस प्रान्तका पहाड पनि साँच्चै नै प्रकृतिका देन हुन जस्तो लाग्यो किनकी त्यहाँ अवस्थित पहाडहरु न त धेरै अग्ला न त धेरै होचा छन् । ती पहाडहरु कुनै पनि एकै नासका छैनन् । कुनै कुनै पहाडहरु विभिन्न आकार प्रकारका ढुंगैढुंगाले निर्मित छन् । ती पहाडहरुले विभिन्न वस्तु तथा चीजलाई प्रतिविम्वीत गर्दछन् । कुनैले घोडाको आकार लिएका, कुनैले हात्तिलो पानी पिउन लागेको जस्तो देखिने, कुनै शंखेकीराका आकार जस्ता त कुनै कुनै पहाडमा घोडाका विचित्र तस्विरहरु देखिने छन् । यस प्रान्तमा पर्यटकीय दृष्टिकोणले महत्व रहेका पहाडहरु मध्ये लो थो पहाड, दामिङ पहाड, क्वी लिन पहाड, लंघु पहाड, लोङ श्या पहाड थुं चो पहाड, लु श्याङ पहाड, र ख्वाशन पहाड छन् । ती पहाडहरुले पनि यस प्रान्तको शोभा बढाएका छन् । हामीले लो थो पहाड, क्वी लिन पहाड, लोङ श्या पहाड थुं चो पहाड, लु श्याङ पहाड, र ख्वाशन पहाडको अवलोकन गरेका थियौं । यी पहाडहरु मध्ये क्वी लिन पहाड, हात्तिलो पानी पिउन थालेको जस्तो देखिने भएकोले यसलाई भ्भिउजबलत त्चगलप पहाड पनि भनिन्छ । प्रत्येक पहाड विभिन्न प्रकारका विशेषताहरुले भरिपूर्ण छन् ।बगैचा तथा पार्क :क्वान्सी प्रान्त विभिन्न आकार प्रकारका रंगी चंगी फुलहरु तथा असंख्य रुखविरुवा, बगैचा

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040