चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैचिङ्गमा बोल्दै यस वर्ष चीनको राष्ट्रिय गार्हस्थ्य उत्पादनको कूल मात्रामा आठ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको कुरा बताउनुभयो। उहाँले बासिन्दाहरुका लागि उपभोग्य मूल्यको कूल स्तरमा पनि चार प्रतिशतले वृद्धि हुने कुरा बताउनुभयो।
श्री वन च्या पाउले आठ प्रतिशतले वृद्धि हुने लक्ष्य प्रस्तुत गरिएको कुराले भावी विकासको चाहना र सम्भावनाको राम्रोसँग विचार गरेको कुरामा जोड दिनुभयो।
यसबाहेक, श्री वनले यस वर्ष चीनको नागरिक अर्थतन्त्र र सामाजिक विकाससम्बन्धी अन्य मुख्य निर्धारित लक्ष्यबारे पनि जानकारी दिनुभएको छ।
|