चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले सुडानसित मैत्रिपूर्ण तथा सहयोगात्मक सम्बन्धको विकास जारी राख्ने कुरा बताउनुभयो।
हल्याण्डको हेगअवस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले सुडानको दार्फुर क्षेत्रमा युद्ध अपराध तथा मानवजाति विरोधी अपराधमा मुछिएको निहुँमा हिजो सुडानका राष्ट्रपति ओमार हासान अहमाद अल-बाशिरलाई पक्राउ आदेश सार्वजनिक गरेको छ।
सो सम्बन्धी प्रश्नको उत्तर दिंदै श्री छिन कांगले चीनले अन्तर्राष्ट्रिय अदालतको निर्णयप्रति खेद तथा चिन्ता व्यक्त गरेको कुरा बताउनुभयो।
|