
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत राजनैतिक ब्यूरोका स्थायी सदस्य एवम् चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष च्या छिङ्ग लिनले आज पैचिङ्गमा बोल्दै अर्थतन्त्रलाई स्थिर र अपेक्षाकृत छिटो रुपमा विकसित पार्नुका साथै समाजको मेलमिलाप र स्थिरतालाई कायम राखेर टडकारो उपलब्धिद्बारा नयाँ चीन स्थापित भएको साट्ठीऔं वार्षिकोत्सवको स्वागत गर्ने कुरामा जोड दिनुभयो।
श्री च्या छिङ्ग लिनले आजै पैचिङ्गका प्रतिनिधि मण्डलद्बारा सरकारी कार्य-प्रतिवेदनबारे गरिएको लेखाजोखा बैठकमा सहभागी हुँदा उक्त कुरा बताउनुभएको हो।
|