चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम केन्द्रीय समितिको सैन्य आयोगका अध्यक्ष हु चिन थाउले आज बोल्दै अर्थतन्त्र स्थिर र अपेक्षाकृत छिटो विकास गर्ने मुख्य कार्यभारलाई कायम राख्नुका साथै वृद्धि, नागरिक मामिला र स्थिरताको संरक्षणसम्बन्धी विभिन्न कार्यलाई सक्दो प्रयासमार्फत सफल पार्नुपर्ने कुरामा जोड दिनुभयो।
श्री हु चिन थाउले आजै दिउँसो च्याङ्ग सुका प्रतिनिधि मण्डलद्बारा सरकारी कार्य-प्रतिवेदनबारे गरिएको लेखाजोखामा सहभागी हुँदा उक्त कुरा औंल्याउनुभएको हो।
|