china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा दीर्घकालीन दृष्टीकोणको आधारमा वर्तमान संकटको समाधान
    (GMT+08:00) 2009-03-06 18:28:25    

           अन्तर्राष्ट्रिय बैंकिंग संकटको धक्काको सामना गर्नका लागि चीनले अर्थतन्त्रलाई तेज पार्ने चालीस खर्ब चिनियां युआन् जतिको योजना तयार पारेको छ । हाल चीनले मोटर गाडी , फलाम इस्पात आदि दशवटा उद्योगको उत्थान गर्ने परिकल्पना अघि सारेको छ । यसका अतिरिक्त चीन सरकारले स्वदेशी चाहनालाई विस्तार गर्न र जनताको दैनिक जीवनलाई प्रत्याभूत पार्नका लागि नौ खर्ब पचास अर्ब चिनियां युआन् घाटा भएको वित्तिय बजेट बनाएको छ ।

             उक्त सबै कार्यले वर्तमान संकटको समाधान गर्नका लागि हो । तर उक्त संख्या र कदमव्दारा हामीहरुले के पत्ता लाएका छौं भने संकटको सामना गर्नका लागि चीन सरकारले अघि सारेको नीति र कदम अल्पकालीन होइन त्यसको दीर्घकालीन विचारको आधारमा रहेको छ । त्यो चीनको भविष्यको विकास रणनीतिसित सम्बन्धित रहेको छ ।

             मार्च पांच तारीखका दिन चीनका प्रधानमन्त्री वन् च्या पाउले आफ्नो सरकारी कार्य प्रतिवेदनका साथै सरकारको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताउनुभए अनुसार चालू वर्ष चीनको आर्थिक बृद्धि दर आठ प्रतिशतसम्म पुग्नेछ , शहर र बस्तीमा रोजगार पाउने मानिसहरुको संख्या नव्वे लाखभन्दा बढी हुनेछ र रैथानेहरुको कूल उपभोग्य सामानहरुको मूल्यमा बृद्धि चार प्रतिशत जति कायम हुनेछ ।

              चीनले आर्थिक बृद्धिलाई कायम राख्नुलाई चालू वर्ष सरकारको कार्यको सर्वप्रथम कर्तव्यका रुपमा बनाएको कुरा निसन्देह नै छ। आर्थिक बृद्धिलाई प्रत्याभूत पार्ने विभिन्न कदमहरुमध्ये स्वदेशी चाहनालाई विस्तार पार्नु र विशेष गरी उपभोगको खांचोलाई विस्तार पार्नु नै आर्थिक बृद्धिलाई कायम राख्ने कुरालाई मूल भागका रुपमा मानिएको छ । लामो समयसम्म चीनको आर्थिक विकासलाई निकै ठूलो परिमाणका रुपमा लगानी र निर्यातले तानेको छ । उपभोगको खांचो अपेक्षाकृत रुपमा कमजोर हुँदै आएको छ ।

               वितेका तीस वर्षभित्र चीनले खुलापन र सुधार नीति लागू गरेको कारणले अर्थतन्त्र र समाजको द्रुत गतिले विकास भएको छ । चीनको अर्थतन्त्रको औसत वार्षिक बृद्धि दर नौ प्रतिशतभन्दा बढी भएको छ। तर उक्त विकासको क्रममा धेरै समस्या पनि देखा परेका छन् । अनि यस पल्टको विश्वव्यापी क्षेत्रको बैंकिंग संकटले चीनको आर्थिक विकासलाई भीषण धक्का दिएको छ । यस्तो भीषण विनाशकारी शक्तिको धक्कामा आर्थिक बृद्धिको फाइदा कम हुने , शहर र गाउँघरको विकास असन्तुलित हुने , आम्दानी बीचको विषमता बढी हुने जस्तो केही बनौटको समस्या र गहिरो तहको अन्तर्विरोध स्पष्ट रुपमा उदांगो भएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040