china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन संगसंगै मिलेर बैंकींग संकटको सामना गर्न द्दृढ
    (GMT+08:00) 2009-03-06 18:29:46    

            अन्तर्राष्ट्रिय संकटको प्रभावले गर्दा आमदानी घटेको र रोजगारी पाउन गाह्रो रहेको कुरा विगत छ महिनादेखि चिनियाँ सर्वसाधारणलाई व्यापक रुपमा महसूस भएको छ। चीन सरकारका लागि आफ्नो सामु आर्थिक बृद्धि गति मन्द भएको, रोजगारको स्थितिमा गम्भीर देखा परेको र उद्योग व्यवसायको उत्पादन र व्यापारमा कठिनाई तेर्सिएको जस्ता अनेकन चुनौतिहरु उभिइरहेको छ। बैंकींग संकटको सामना गर्ने र अर्थतन्त्रको अपेक्षाकृत छिटो बृद्धिलाई प्रत्याभूति दिने कुरा अब चीन सरकारको अति ध्यानाकर्षक र समाधान गर्न लायकको समस्या बनेको छ।

             अन्तर्राष्ट्रिय बैंकींग संकटको सामना गर्नका लागि गत वर्षको उत्तरार्द्धदेखि चीन सरकारले "स्वदेशी आवश्यकतालाई बढाउने र बृद्धिलाई सुनिश्चितता पार्ने" कुरालाई सरकारी कार्यको मुख्य कार्यभारको रुपमा राखेको छ, सक्रिय वित्तीय नीति र खुकुलो मौद्रिक नीति अवलम्बन गरेको छ, चालीस खरब चिनियाँ युआनको लगानी योजना सार्वजनिक गरेको छ र फलाम इस्पात, बुनाई र मोटर गाडी लगायतका दशवटा महत्वपूर्ण उद्योगको पुनरुत्थान र तारतम्य सम्बन्धी परिकल्पना आदि अनेकन नीति र नियमको तर्जुमा गरेको छ। बैंकींग संकटको सामना गर्न चीन सरकारले चालेका कदमहरुलाई पैचिंगमा आयोजित राष्ट्रिय जन काँग्रेसको महाधिवेशन र जन राजनीतिक परामर्शदातृ सम्मेलनको अधिवेशनमा सहभागी प्रतिनिधिहरु र सदस्यहरुले स्वीकारेका छन। यस विषयमा राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि छि श्याउ चिंगले भन्नुभयो-

            "अन्तर्राष्ट्रिय बैंकींग संकटको प्रभावले गर्दा गत वर्षदेखि चीनका बुनाई व्यवसायहरुले यूरोप र अमेरिकाबाट पाएका सामानको अर्डर पत्र प्रष्टतः कटौती भएको छ साथै मूल्य पनि ठूलो मात्रामा घटेको छ। तर बुनाई उद्योगलाई पुनरुत्थान गर्ने परिकल्पनाले व्यवसायलाई पूँजीबाट आउने दवावलाई खुकुलो पार्न, प्राविधिक सुधार गर्न र प्रतिस्पर्द्धात्मक क्षमतालाई बढाउनका लागि नीतिगत आड र भरोसा दिएको छ। चिनियाँ बुनाई व्यवसायलाई कठिन अवस्थाबाट उम्कने र पुनः छिटो विकासको बाटोमा उत्रने पूर्ण विश्वास छ।

               चीन सरकारको आर्थिक तेजपार्ने योजना लागू भएको समय धेरै नभए पनि वेलैमा प्रतिक्रिया जनाइएको र सशक्त कदम उठाइएको कारण प्रभावकारी नतीजा देखा परेको छ। छ तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रिय विकास र सुधार आयोगका प्रखुम चाँग फिंगले भन्नुभयो-

           "ती कदमहरु सशक्त र प्रभाकारी रहेको मलाई लागेको छ। केही आर्थिक अङ्कबाट विशेष गरी बुनाई वस्तुको निकासी मात्रामा बृद्धि हुने प्रवृत्ति देखिएको छ। कुनै वस्तुको मूल्य स्थिर रहेतापनि केही वस्तुको मूल्यमा भने बृद्धि भएको पाइयो। हामीसंग हालको कठिन अवस्थाबाट उम्केर यस संकटको सामना गर्न पूर्ण क्षमताका साथै विश्वास छ।

              चिनियाँ प्रधानमन्त्री वन च्या पाउले पाँच तारिखको राष्ट्रिय जन काँग्रेसको नियमित महाधिवेशनमा दिनुभएको सरकारी प्रतिवेदनका साथै सरकारको भावी नीति तथा कार्यक्रममा पनि स्पष्टताका साथ के कुरा बताउनुभएको छ भने संकटको सामना गर्नु र बृद्धिलाई कायम राख्नु चीन सरकारको यस वर्षको प्रथम कार्यभार हो।

                यस वर्ष चीन सरकारले कृषितर्फ लगाउने रकम सात खर्ब दश अर्ब चिनियाँ युआन पुग्नेछ। सरकारको यो कारवाईबाट चीनका सत्तरी करोड किसानहरु लाभान्वित हुनेछन्। साथै गाउँघरमा आफ्नो शक्ति लगाइरहेका व्यापक व्यवसायीहरु पनि ढुक्क भएका छन्। चीनको सबैभन्दा ठूलो निजी कृषि व्यवसाय नयाँ आशा गूटका महाप्रबन्धक एवँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य लिउ योंग हाउ भन्नुहुन्छ-

              "मुलुकको वित्तीय आमदानी घटेको र आर्थिक ह्रास भएको पृष्ठभूमिमा कृषितर्फको लगानी घटला कि भनेर शुरुमा सबैलाई चिन्ता लाग्यो। तर अहिले हेर्दा घटाउनुको सट्टा ठूलो मात्रामा बढेको रहेछ। हामीलाई औधी खुशी लागेको छ। यसबाट सरकारले गाउँघरलाई समर्थन दिएको र किसानहरुलाई ख्याल विचार पुर्‍याएको कुरा प्रष्ट्याइएको छ।यसबाट हामीलाई ठूलो प्रेरणा मिलेको छ"।

               बढीभन्दा बढी सर्वसाधारणलाई रोजगारी दिन मद्दत गर्नका लागि चीन सरकारले यस वर्ष ठूलो रकम लगाएर मझौला र ससाना उद्योग व्यवसायहरुलाई रोजगारी दिनका लागि गाह्रो भएका बढीभन्दा बढी मानिसहरु, विस्थापित कामदारहरु, विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरु र रोजगारका लागि शहरमा गएका किसानहरुलाई भित्र्याउन हौसला दिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040