अन्तर्राष्ट्रिय बैकिंग संकटको कालो छायांमा सरकारको लगानी र ऋणको बढौती हुँदा हुँदै चीनको बैकिंग व्यवसायको सुरक्षा आकर्षित रहँदै आएको छ । चिनियां जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको वार्षिक बैठक र चिनियां राष्ट्रिय जन कांग्रेसको वार्षिक बैठकको अवधिमा चीनका तीनवटा ठूला राष्ट्रिय बैंकका गभर्नरले हाल चीनको बैंकिंग व्यवसाय सुरक्षित रहेको र त्यसमा जोखिम देखा नपरेको कुरा बताउनुभयो ।
उहांहरुका अनुसार चीनको केन्द्रिय बैंकले बैंकको ऋणलाई उच्च ध्यान दिएका कारण जोखिम फेला नपरेको हो । चिनियां जन बैंकका उपगभर्नर सु निन्का अनुसार चालू वर्षको जनवरीमा चीनमा सोह्र खर्ब बीस अर्ब चिनियां युआन्को ऋण बढेको छ । जसबाट चिनियां बैंकिङ्ग व्यवसायको चालु पुँजी पर्याप्त रहेकोले चिनियां बैंकिंग व्यवसायको जीवन्त शक्ति प्रतिबिम्बित भएको छ ।
|