चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक सम्मेलन हाल पैचिङ्गमा भइरहेका छन्। यस उपलक्ष्यमा हाम्रा अधिकांश नेपाली श्रोता-मित्रहरुले दुई अधिवेशनप्रति निकै चासो दिनुभएको छ। यसै क्रममा हाम्रा सक्रिय श्रोता अप्सरा सापकोटाले पनि हामीलाई इ-मेल पठाउनुभएको छ। आफ्नो इ-मेलमा उहाँ यसरी लेख्नुभएको छ:
पैचिङ्गमा भैरहेका दुईवटा वार्षिक अधिवेशनले चीनको मात्रै नभएर अन्तर्राष्ट्रिय जगतको पनि ध्यान आकर्षित गर्न सफल भएका छन्। म नयाँ चीनलाई अझ समुन्नत बनाउने दिशामा यी दुवै वार्षिक अधिवेशनहरु सफल होउन् भन्ने शुभकामना दिन चाहन्छु। अहिले विश्व आर्थिक संकटको सामना गर्नका लागि ठूलो कसरत गरिरहेको यस कठिन घडीमा चीनको यो दुवै अधिवेशनको विशेष महत्व छ। देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पनि यी दुई अधिवेशनले बल पुर्याउने छन् भन्ने कुरामा मेरो विश्वास छ।
|