चीनका प्रधानमन्त्री वन च्या पाउले हिजो एघारौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको उद्धाटन समारोहमा दिनुभएको सरकारी कार्य-प्रतिवेदनले हङ्गकङ्ग र मकाउ क्षेत्रमा निकै ठूलो प्रतिकृया जनाएको छ। आज छापिएका हङ्गकङ्ग र मकाउका विभिन्न ठूला सञ्चार-माध्यमहरुले सम्बन्धित समाचार प्रकाशित गरेका छन्।
हङ्गकङ्गको "ता कोङ्ग पाउ"अखवारले एउटा सम्पादकीय प्रकाशित गर्दै सरकारी कार्य-प्रतिवेदनमा बनौटको सुधार गरिने, स्तरलाई माथि उकासिने र सुधारलाई अघि बढाइने कुरामा जोड दिइएको जनाएको छ।
"मकाउ दैनिक अखवार"ले पनि सम्पादकीय प्रकाशित गर्दै सरकारी कार्य-प्रतिवेदनमा दृढताका साथ "एक देश दुई व्यवस्था", "हङ्गकङ्गबासीद्बारा हङ्गकङ्गको सञ्चालन गरिने" र "मकाउबासीद्बारा मकाउको सञ्चालन गरिने" उच्च र स्वतन्त्र नीति अपनाउँदैजाने कुरा पुष्टी गरिएको जनाएको छ।
|