
चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनअन्तर्गत आर्थिक समितिका उपाध्यक्ष एवम् राष्ट्रिय तथ्याङ्क ब्यूरोका भूतपूर्व प्रमुख ली द योङ्गले आज बोल्दै चीनको चाहना र निहित आर्थिक वृद्बि शक्तिको दृष्टिबाट हेर्दा सक्दो प्रयासमार्फत यस वर्ष जि.डि.पी.को वृद्धि दर आठ प्रतिशत हुने लक्ष्यलाई साकार तुल्याउनसकिने कुरा बताउनुभयो।
श्री लीले आजै आयोजित एघारौं राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनको दोस्रो अधिवेशनको पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

सन् 2008चिनियाँ जनताको औसत जि.डि.पी. तीन हजार दुई सय छयसट्ठी दशमलब आठ अमेरिकी डलर पुगिसकेको जानकारी पनि श्री ली द योङ्गले दिनुभएको छ।
|