चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका स्थायी सदस्य एवम चीनको बौद्ध धर्म समितिअन्तर्गत तिब्बती शाखा परिषद्का अध्यक्ष दुप्काङ्ग तुप्देन केदुपले आज बोल्दै हाल तिब्बती बौद्ध धर्म राम्रोसँग विकसित भैरहेको कुरा बताउनुभयो।
उहाँका अनुसार, हाल तिब्बतमा जम्मा एक हजार सात सय वटाभन्दा बढी गुम्बाहरु, छयालीस हजार जनाभन्दा बढी भिक्षु र भिक्षुणीहरु र दुई सय असी जनाभन्दा बढी अवतारी लामाहरु छन्। सो विश्वमा नै सबैभन्दा ठूलो संख्या हो।
|