china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नियमित श्रोता राजेन्द्र पहाडीबाट आएको शुभकामना
    (GMT+08:00) 2009-03-07 15:42:48    
    आदरणीय नेपाली विभागका प्रमुख

    वर्षा ज्यू

    नमस्कार ।

               चिनिया संसद नेसनल पिपुल्स कंग्रेसको सफलताका लागि हार्दिक शुभकामना आज मार्च 5 तारिखबाट विश्वकै उदाउ"दो सूर्यका रुपमा परिचित नेपालको छिमेकी राष्ट्र चीनको संसद नेसनल पिपुल्स कंग्रेसको वार्षिक अधिवेशन शुरु हुन भैरहेको छ । चीनको सुन्दर तथा चित्ताकर्षक राजधानी पैचिङमा सम्पन्न हुन लागेको 10 दिनसम्म चल्ने उक्त अधिवेशनको उच्च सफलताका लागि आवश्यक सबै तयारीहरु पुरा गरिसकिएको खबरले हामी हषित भएका छौं । विश्व राजनैतिक रङ्गमञ्चमा चीनलाई प्रखर रुपमा उभ्याउनका लागि आवश्यक पूर्वाधार तैयार गर्न र 21 सौं शताब्दीका आवश्यकतालाई सम्बोधन गर्न सक्ने कामयावी नेतृत्व चयन गर्न चीनको सत्तारुढ कम्यूनिष्ट पार्टीले आगामी अधिवेशनमा आफूलाई खरो उतार्ने छ भन्ने हामीले विश्वास लिएका छौं । सन् 2020 सम्ममा चीनलाई अहिलेको अवस्थाबाट निकै माथि उठाउने र विश्व समुदायका सामु एक सफल तथा सम्पन्न राष्ट्र बनेर देखाउने अभियानमा यसपटकको अधिवेशनले कोशे ढुंगाको काम गर्ने कुरामा आशावादी हुने प्रशस्त ठाउ" रहेको छ । सूचना तथा संचारमा चीनले प्राप्त गरेको सफलता, अन्तरिक्ष एवं विज्ञान र प्रविधिको क्षेत्रमा हासील गरेका उपलब्धीका साथै मेहनतकश चिनिया जनताको परिश्रमबाट हात परेका उच्च सफलताहरुलाई अझ उचाईमा पुर्याउने सन्दर्भमा नेसनल पिपुल्स कंग्रेसले दुरगामी महत्वका निर्णय गर्नेछ भन्ने कुरामा हामी आशावादी भएका छौं ।

               यसपटकको वार्षिक अधिवेशनले चीनको प्रशासनिक सुधार योजनालाई स्वीकृत गर्नुका साथै देशले दुई दशकयता जारी आर्थिक नीतिमा व्यापक फड्को मार्ने आशा गरिएको छ, जसबाट चीनको आर्थिक बृद्धिदर सकारात्मक दिशातफ अगाडि बढ्ने छ । मार्चको नेसनल पिपुल्स कंग्रेसको अधिवेशनले साच्चिकै अर्थमा चीनको आर्थिक र सामाजिक विकासको नया" युगमा प्रवेश गर्दै आम चिनिया जनताको प्रजातान्त्रिक अधिकारको सुरक्षा गर्न र उनीहरुलाई सामाजिक न्याय दिलाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । यसका साथै प्रस्तुत अधिवेशनले चीनलाई 21 सौं शताब्दीको बा"की अवधीलाई सु-स्पष्ट ढंगले हा"क्न सक्ने भावी नेतृत्वको पनि टुङ्गो लगाउनेछ भन्ने विश्वास लिइएको छ । जानकारीमा आएअनुसार अनुसार चिनिया कम्यूनिष्ट पार्टीको सरकार र पार्टीले अधिवेशनका लागि आवश्यक सबै तयारीहरु पुरा गर्नुका साथै भोलीको नया" चीनलाई आवश्यक पर्ने सबैखाले नीति तथा कार्यक्रमहरुको गृहकार्य सम्पन्न गरिसकेको छ । यही अधिवेशनबाट मुलुकका केही भू-भागको राजनैतिक प्रणालीमा समेत महत्वपूर्ण सुधार हुने कुराको संकेत आइरहेको छ । वास्तवमा 'एक चीनको मान्यतालाई अझ मजबुद र भरपर्दो बनाउ"दै थाइवानलाई पनि शान्तिपूर्ण ढंगले मुख्यभूमीमा समाहित गर्नका लागि समेत यो अधिवेशनले महत्वपूर्ण निर्णय गर्नेछ भन्ने कुरामा हामीले विश्वास लिएका छौं । अन्त्यमा, महान, सम्पन्न, सुदृढ र एकिकृत चीन निर्माणका दिशामा मार्ग प्रसस्त गर्न चिनिया संसद नेसनल पिपुल्स कंग्रेसको यो अधिवेशन पूर्ण सफल रहन सकोस् भन्ने हार्दिक कामना ब्यक्त गर्दछु । धन्यवाद ।नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ गाढा र सुमधुर बन्न सकोस् भन्ने हार्दिक कामना ।

    राजेन्द्र पहाडी

    रेडियो कार्यक्रम मोनिटर

    मैत्रीचोक चार, कुश्मा,

    पर्वत नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040