china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नियमित श्रोता शिव पौडेल र ऋषिराम चापागाईंबाट आएको शुभकामना
    (GMT+08:00) 2009-03-07 15:49:54    
    आदरणीय सञ्चालक दाजुभाइ तथा दिदीबहिनीहरु

    नमस्कार एवम् हार्दिक अभिवादन ।

              चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन एघारौं राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशन हिजोबाट पैचिङ्गस्थित जनबृहत सभाभवनमा सुरु भएको छ भने चिनियाँ राष्ट्रिय जनकाँग्रेस एघारौं राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशन भोलि सुरु हुँदैछ । सीआरआई नेपाली विभागमार्फत् यी दुबै वार्षिक अधिवेशनहरुको सफलताका लागि मेरो ब्यक्तिगत तर्फबाट र मेरो श्रोता क्लवको तर्फबाट हार्दिक शुभकामना दिन चाहन्छु ।

              विद्यमान विश्व आर्थिक संकटले विश्व ब्यापार र विश्वका जनताको दैनिक जीवनमा प्रत्यक्षरुपमा असर पारेको छ । आर्थिक, राजनीतिक, सामाजिक आदि क्षेत्रमा विश्वको मुख्य शक्तिकेन्द्र बन्दै गइरहेको चीनमा पनि यसको प्रभाव परेको छ । त्यसैले यो विश्व आर्थिक संकटबाट चीनमा परेको असर र उक्त असरलाई कम पार्न चीनले अगाडि सार्नुपर्ने नीति र कार्यक्रम तर्जुमा गर्ने दिशामा यी दुई वटा अधिवेशन केन्द्रित हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं ।

              त्यसैगरी चीनको एघारौं पञ्चवर्षीय योजनाको यो अन्तिम वर्ष पनि हो । सन् द्दण्ण्ट मा सुरु भएको यो एघारौं पञ्चवर्षीय योजनाले तय गरेका लक्ष्यहरु हासिल गर्नका लागि अझै एक वर्षको समय बाँकी रहेको छ । र, एक वर्षमा के कस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा पनि अधिवेशन केन्द्रित हुनेछन् भन्ने हामीलाई लागको छ । सँगसँगै, विश्व आर्थिक संकटको सामना गर्न, चीनको तीब्र आर्थिक विकासलाई निरन्तररुपमा अगाडि बढाउन र मुलुकमा सामाजिक सद्भाव कायम राखिराख्न अवलम्बन गर्न गरिनुपर्ने नीति र कार्यक्रम तयार पार्न दुबै अधिवेशन सफल होउन् भन्ने शुभकामना पनि दिन चाहन्छौं ।

              यी दुबै अधिवेशनका बारेमा नेपाली विभागले समाचार, समाचार सन्दर्भ लगायतका कार्यक्रममार्फत ताजाताजा जानकारी दिइरहेको छ । यसका लागि नेपाली विभागका अधिकारीहरुले गरेको अथक प्रयासको हामी उच्च मुल्याङ्कन गर्न चाहन्छौं र मुरामुरी धन्यवाद दिन चाहन्छौं ।

    शिव पौडेल, अध्यक्ष

    ऋषिराम चापागाईं, कार्यालय सचिव

    सी आर आई श्रोता कुञ्ज

    दुलेगौंडा-ठ, तनहुँनेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040