china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय बैंकिंग संकटको सामना गर्नका लागि चीनद्वारा कूटनैतिक कदम
    (GMT+08:00) 2009-03-07 17:23:54    

             एघारौं चिनियां जन कांग्रेसको दोस्रो अधिवेशनले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो सम्मेलनमा चीनका परराष्ट्र मन्त्री यांग चे छ्‌ले चीनको परराष्ट्र नीति र वैदेशिक सम्बन्धबारे पत्रकारको प्रश्नको अवधारणा दिनुभयो । विश्वव्यापी बैंकिंग संकट फैलिएको र मर्यादा नपुगेको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय बैंकिंग संकटको सामना गर्नु र अर्थतन्त्रको स्थिर र अपेक्षाकृत छिटो विकासलाई कायम राख्नु नै चालू वर्ष चीन सरकारको कार्यको मुख्य विषय बनेको छ । विश्वको अर्थतन्त्र हाल संकट ग्रस्थ भएको पृष्ठभूमिमा आज चिनियां अर्थतन्त्र सो बैंकिंग संकटबाट अलग्ग हुने सम्भावना नै छैन । चीनको कदमले विश्वका लागि के के फइदा ल्याउने छ त? चालू वर्ष चीनको परराष्ट्र नीतिको महत्व कहां निर रहने छ त ? अब यस प्रशङ्गबारे चर्चा गरौं-

              सन् दुइ हजार आठ सालमा अन्तर्राष्ट्रिय बैंकिंग संकटको आंधिबेहरी विश्वव्यापी क्षेत्रमा फैलिएर गयो । सो आंधिबेहरिको केन्द्रमा चीन नरहेता पनि विश्वको अर्थतन्त्रको अनुपात छ प्रतिशतभन्दा बढी रहेको चीनको आर्थिक विकासले विश्वको नजरलाई तानेको छ । सन् दुइ हजार आठ सालमा चीनको अर्थतन्त्रले विश्वको आर्थिक बृद्धिका लागि प्रदान गरेको योगदान दर बीस प्रतिशतभन्दा बढी रहेको छ । अर्थतन्त्र संकटविश्वव्यापीकरण भएको समग्र पृष्ठभूमिमा चीनका पार्टी र सरकारले आर्थिक विकासलाई सर्वप्रथम कर्तव्यका रुपमा बनाएर स्वदेशी पृष्ठभूमिमा चीनको परराष्ट्र नीतिले अन्तर्राष्ट्रिय बैंकिंग संकटको कसरी सामना गर्छ ? भन्ने प्रश्न पनि खडा भएको छ। यस सन्दर्भमा चीनका प्रधानमन्त्री वन् च्या पाउले आफ्नो सरकारी कार्य प्रतिवेदनका साथै सरकारको भावी नीति तथा कार्यक्रममा स्पष्ट अवधारणा रख्नुभएको छ । जुन अवधारणा त्यस्तो छ, विश्वका सबै मुलुकहरुसितको मैत्रीपूर्ण आदान प्रदानलाई मजबूत पार्नु र स्वदेशी अर्थतन्त्रको स्थिर र अपेक्षाकृत तीव्र विकासका लागि हितकर बाह्य वातावरण तयार पार्नु । उहांका अनुसार विभिन्न मुलुकका सरकार र जनतासित मिलेर साझा रुपमा जोखिम र चुनौतीको सामना गर्न र साझा रुपमा विकासको मौकाको उपभोग गर्न चीन सरकार र जनता इच्छुक रहेका छन् ।

              अन्तर्राष्ट्रिय बैंकिंग संकटको फैलावटलाई साझा रुपमा रोकावट गर्न र अन्तर्राष्ट्रिय बैंकिंग व्यवस्थाको सुधारलाई अघि बढाउनका लागि हामी विभिन्न पक्षसितको व्यावहारिक सहयोगलाई निरन्तर रुपमा प्रगाढ पार्नेछौं । यसका अतिरिक्त हामीहरु विश्वव्यापी अर्थतन्त्र संकटको यथाशीघ्र पुनरुत्थानलाई अघि बढाउनका लागि व्यापार र लगानीको सुरक्षावादको विरोध गर्दछौं ।

                यसैले स्वदेशी अर्थतन्त्रको विकासलाई घेरेर आर्थिक कुटनीति र बैंकिंग कुटनीति बनाउनु नै चालू वर्षको चिनियां परराष्ट्र नीतिलाई अन्तर्राष्ट्रिय जनमतले गर्ने मूल्यांकन हो । आज आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्री यांग चे छ्‌ले बोल्दै चालू वर्ष चिनियां कूटनीतिले एउटा मुख्य लाईनलाई घेरेर दुइटा महत्वपूर्ण कार्य राम्ररी गर्नु पर्छ। उहांले भन्नुभयोः

               एउटा मुख्या लाईनलाई समात्नु भनेको स्वदेशी अर्थतन्त्रको स्थिर र अपेक्षाकृत तीव्र विकासलाई प्रत्याभूत पार्नका लागि सकेसम्म राम्रो सेवा उपलव्ध गराउनु हो । दोस्रो भनेको महत्वपूर्ण कार्य राम्ररी गरेर एकातिर अन्तर्राष्ट्रिय बैंकिंग संकटको सक्रियताका साथ सामना गर्नु र "बृद्धि गर्नु,त्यस्तै जनताको दैनिक जीवन र स्थिरतालाई प्रत्याभूत पार्नका लागि"राम्रो सेवा उपलव्ध गराउनु र अर्कातिर चिनियां नेतागण महत्वपूर्ण अन्तर्राष्ट्रिय बहुपक्षीय सम्मेलनमा सहभागी हुनका लागि राम्ररी वतावरण तयार पार्नु हो । जस्तो भनौं लण्डनमा आयोजना हुन लागेको बैंकिंग शिखर सम्मेलनका लागि राम्रो तयारी गरेर प्रस्तुत हुनु । हामीहरुले चीन उक्त कार्यक्रममा सहभागी हुने कुराबाट अन्तर्राष्ट्रिय व्यवस्थालाई झन् झन् न्यायपूर्ण र उचित दिशातिर अघि बढाउनेछौं ।

               विशेष गरी उल्लेखनीय कुरा के हो भने चीनले बैंकिंग संकटको साझा रुपमा सामना गर्ने प्रस्ताव प्रस्तुत गर्दै तेस्रो जगतका मुलुकहरुलाई झन् बढी ध्यान दिएको छ । व्हाशिंटनमा आयोजित बीस मुलुकको बैकिंग शिखर सम्मेलनमा सहभागी हुँदा चीनका राष्ट्राध्यक्ष हु चिंग थाउले बैंकिंग संकटले विकसित मुलुकहरुको बैंकिंग बजारलाई गम्भिर धक्का दिनुबाहेक व्यापक विकासोन्मुख मुलुकहरुलाई विविध प्रकारको प्रभाव पनि पारेको छ । विकासोन्मुख र विशेष गरी अफ्रिकी मुलुकहरुलाई कठिनाईमाथि विजय पाउन सघाउ पुर्‍याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी विकसित मुलुकहरुले ठोस कदम चाल्नु पर्छ । यस प्रक्रियामा चीनले सकारात्मक भूमिका निर्वाह गर्नेछ । हु चिंग थाउले भन्नुभयोः

              सुव्यस्थित अन्तर्राष्ट्रिय बैंकिंग प्रणाली , न्यायपूर्ण र समुचित अन्तर्राष्ट्रिय व्यापार प्रणाली र न्यापूर्ण तथा सफलदायी विश्वव्यापी विकास प्रणाली लगायतका दिगो विकास हुन सक्ने विश्वव्यापी आर्थिक प्रणालीको निर्माणलाई चीनले निरन्तर रुपमा अघि बढाउनेछ । चीनले आफ्नो मुलुकको विकासलाई साकार तुल्याउनुका साथै सहयोगात्मक साझेदारी सम्न्धको विकास गर्नेछ। विशेष गरी विकासोन्मुख मुलुकहरुको चाहना र वैधानिक हकलाई ख्यालदृष्टि पुर्‍याउने काममा डटिरहनेछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040