चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले हिजो बोल्दै सम्बन्धित विभिन्न पक्षहरुले नान शा टापुहरुसम्बन्धी वाद-विवादलाई अझ जटिल र विस्तार पार्ने गतिबिधि नचलाउने आशा चीनले गरेको कुरा बताउनुभयो।
उहाँले मलेशियाका प्रधानमन्त्रीद्बारा नान शा टापुहरुमध्येको तान वान टापुमाथि सार्वभौमिक्ताको घोषणा गरिएको विषयबारे पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा औंल्याउनुभएको हो। साथै उहाँले नान शा टापुहरु तथा वरिपरिका समुद्री क्षेत्रसम्बन्धी सार्वभौमिकता चीनमै रहेको कुरामा पुनः जोड दिनुभएको छ।
|