china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रोजगारी पाउन शहर गएर फेरि आफ्नो गाउँ फर्केका किसान-मजदुरलाई रोजगारी पाउन गाह्रो भएको समस्याको विश्लेषण
    (GMT+08:00) 2009-03-08 19:37:44    
            "गत वर्षको नोभेम्बर महिनामा म क्वाँग तोंग प्रान्तबाट आफ्नो गाउँ फर्केको थिएँ। पाँच छ महिना वितेर गयो। तैपनि मैले कुनै काम पाएको छैन। मलाई एकदमै पीर लागेको छ"।

             आदरणीय श्रोता, तपाईंले सुनिरहनुभएको आवाज श्यू योंग व्हा नाम गरेको एकजना युवकको हो। उनको घर उत्तरी चीनको ह पै प्रान्तको एउटा गाउँमा पर्छ। सात वर्षअघि उनी घर छोडेर समुद्र तटवर्ती शहर क्वाँग चौको एउटा उद्योग व्वयसायमा रोजगारी पाएर काम गर्दै आएका थिए। तर गत वर्षको अन्तमा अन्तर्राष्ट्रिय बैंकिङ संकटको धक्कामा श्यू योंग व्हाले काम गरिरहेको कम्पनी घाटा लागेर टाट पल्ट्यो। कुनै सीप नलागी निज श्यू सात वर्षसम्म बसोबास गरिसकेको शहर छोडेर घर फर्कनुपर्‍यो।

             वास्तविकतामा चीनमा श्यू योंग व्हा जस्ता किसानहरुको संख्या दुई करोडभन्दा बढी छ। अझ नराम्रो कुरा त के हो भने बैंकींग संकटको प्रभावले गर्दा चीनको बसन्त चाडपछि उद्योग व्यवसायहरुले भर्ना गर्न चाहने कामदारहरुको संख्यामा धेरै कटौती भयो। अब आउँदा केही समयभित्र रोजगारी पाउन शहर गएर फेरि आफ्नो गाउँ फर्केका किसानहरुको रोजगारीको स्थिति झन गम्भीर हुनेछ। यस विषय चाहिं राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरुले छलफल गर्ने निकै चर्चित विषय बनेको छ।

              चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवम् चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत जनसंख्या र श्रमिक अर्थतन्त्र अनुसन्धान प्रतिष्ठानका प्रमुख छाई फाँगले यो समस्याको राम्ररी समाधान गर्न नसकिएमा यसबाट चीनको अर्थतन्त्र र समाजमा ठूलो असर पर्ने ठहर लिनुभयो।  

           "वितेका धेरै वर्षभित्र किसानहरुको आम्दानी बढेको कारण मुख्यतः बाहिर गरेको रोजगारीबाट प्राप्त आम्दानी हो। यदि यो काम छुट्यो भने उनीहरुको आमदानी बढ्ने गतिमा ज्यादै मन्दी हुनेछ। अर्को कुरा ती किसानहरुमध्ये धेरैजसो तीस वर्षमुनिका युवक हुन। उनीहरुको रोजगारीको समस्याबाट सामाजिक अस्थिरता उत्पन्न हुन सक्नेछ"।

             चीन सरकारले यस समस्यालाई दृष्टिगत गरिसकेको छ साथै अनेकन पाइलाहरु चालिसकेको छ। यस वर्ष चीनको नम्बर एक दस्तावेजमा पहिलो पटक ग्रामीण श्रमिकहरुको रोजगारी बढाउने कुराको बर बन्दोबस्त मिलाउने कुरा निर्धारित गरिएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले पनि सरकारको नीति तथा कार्यक्रम पेश गर्दै ती किसानहरुको रोजगारी समस्याको समाधान गर्ने विषय बारे स्पष्ट अडान उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो 

           "रोजगार पाउन शहर गएका किसानहरुको रोजगारीको बाटो व्यापक रुपमा खोलिदिनुपर्छ र हाल रहिरहेको रोजगार अवसरलाई स्थिर पार्नुपर्छ। उद्योग व्यवसायले सकेसम्म कामदारलाई ननिकाल्ने, श्रमिकलाई संगठित गरेर बाहिर पठाउने र रोजगारी पाउन शहर गएर फेरि आफ्नो गाउँ फर्केका किसानहरुलाई ग्रामीण सार्वजनिक प्रबन्धको निर्माण कार्यमा लगाउने काम गर्नुपर्छ"।

             हाल स्थानीय सरकारले पनि आफ्नो स्थानीय विकासको विशेषतानुसार सक्रिताका साथ रोजगारी पाउन शहर गएर फेरि आफ्नो गाउँ फर्केका किसानहरुलाई आफ्नो गाउँको निर्माण कार्यमा लागिपर्न सहयोग पुर्‍याएका छन्। विविध पाइलाको फलस्वरुप गाउँ फर्केका धेरै किसानहरुले फेरि चित्त बुझ्दो काम पाएका छन्। तर दीर्घकालीन दृष्टिबाट हेर्दा किसानहरुलाई सम्बन्धित व्यवसायिक तालिम दिनुपर्छ। शाँग हाई शहरबाट आएकी प्रतिनिधि श्रीमती चु श्युए छिंगले किसानहरुलाई बढी शक्ति लगाएर तालिम दिनुपर्ने र उनीहरुको गुणस्तरलाई माथि उकास्नुपर्ने कुरा बताएका छन्।

             जन काँग्रेसका प्रतिनिधि एवम् दक्षिण पश्चिम अर्थ विश्वविद्यालयका प्रोफेसर यी मिन लीले बोल्दै मझौला र ससाना शहरहरुको विकासबाट रोजगारी पाउन शहर गएर फेरि आफ्नो गाउँ फर्केका किसानहरुलाई आफ्नो घरनजिकका मझौला र ससाना शहरमा रोजगार पाउन सजिलो तुल्याउनुपर्छ भन्नुभयो"।

             ह पै प्रान्तको शिंग थाई श्रमिक बजारमा पत्रकारले किसान श्यू योंग व्हासँग अन्तर्वार्ता लिएका थिए। पत्रकारले हाल भइरहेका दुईवटा अधिवेशनमा उनीजस्ता किसानहरुको रोजगारीको समस्या चर्चित विषय बनेको कुरा सुनाएपछि निज श्यूको अनुहारमा हँसिलो मुद्रा छाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040