पुरानो तिब्बतमा दबावमा परेका व्यापक महिलाहरुले आज आएर पहिले नभएको सामाजिक स्थान तथा विविध किसिमका हक-अधिकारको उपभोग गरिरहेका छन्। उनीहरुले राजनैतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, पारिवारिक तथा शैक्षिकलगायत विविध क्षेत्रमा पुरुष जस्तै सामान अधिकारको प्रयोग गरिरहेका छन्।
तिब्बत स्वायत्त प्रदेशअन्तर्गत श्रम प्रत्याभूत विभागबाट प्राप्त तथ्याङ्क अनुसार, गत वर्षसम्म तिब्बतमा रोजगारी पाएका महिलाहरुको संख्या छ लाख बयानब्बे हजार पुगेको छ।यो अंक त्यहाँका सम्पूर्ण रोजगार प्राप्तगर्नेमध्येको छयालीस दशमलब सात प्रतिशत हो।
यसका अतिरिक्त, सन् 2007 सम्म तिब्बतमा महिला कार्यकर्ताहरुको संख्या त्यहाँका सम्पूर्ण कार्यकर्तामध्ये अड्तीस प्रतिशत पुगेको बताइएको छ।
तिब्बतमा गर्भवती महिलाको मृत्युदर प्रजातान्त्रिक क्रान्ति समयको पाँच प्रतिशतबाट आज सून्य दशमलब दुइ पाँच प्रतिशतसम्म घटेको छ र बालमृत्यु दर पहिलेको चार दशमलब तीनबाट हाल दुई दशमलब सात एक प्रतिशतमा झरेको देखिन्छ।
|