
घरसम्बन्धी विषय नागरिक जीवनसंग घनिष्ठ सम्बन्ध भएको विषय हो। त्यसैले घर जग्गा कारोबार राष्ट्रिय अर्थतन्त्रको विकाससित परिवेशमा निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ। विगत वर्षदेखि अन्तर्राष्ट्रिय बैंकिङ संकट आएका कारणले चीनमा घर किन्ने परिमाण पनि घटेको छ। बितेका केही वर्षको अवधिमा निरन्तर बृद्धि भएको घरको मूल्य हाल पहिलो पटक घटेको देखिएको छ। यस बेला घर जग्गाको कारोबार व्यवसायीहरुले सरकारद्बारा घर जग्गा बजारलाई उद्धार गर्नसक्ने आशा लिएका छन्। तर सर्वसाधारणहरुले घर-जग्गाको मूल्य अझ बढी घट्नसकिने अपेक्षा पनि गरेका छन्। यसै क्रममा चीन सरकारले पनि घर जग्गा बजारको स्वस्थ विकासलाई अघि बढाउने बाटो छानेको छ।
गत फेब्रुअरी महिनामा चीन सरकारले अन्तर्राष्ट्रिय बैंकिङ संकटको सामना गर्नका लागि "दशवटा व्यवसायको समन्वय तथा पुनरुत्थानसम्बन्धी परियोजना" सार्वजनिक गरेको छ। तर त्यस दशवटा व्यवसायमा घर जग्गाको कारोबार व्यवसाय समाबेश छैनन्। त्यसैले चीनको घर जग्गाको कारोबार व्यवसाय कुन दिशातर्फ जाने हो भन्ने कुराको कुनै निश्चित छैन। यस बेला चिनियाँ राष्ट्रिय जन कांग्रेस र चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्श दात्री सम्मेलनका वार्षिक सम्मेलन शुरु भएको छ। राष्ट्रभरीका जनताले चीनका प्रधानमन्त्री वन च्या पाउको सरकारी कार्य प्रतिवेदन एवम् सरकारको भावी नीति तथा कार्यक्रमलाई नजर पुर्याएको छ। प्रधानमन्त्री वन च्या पाउको सरकारी कार्य प्रतिवेदनमा घर जग्गा बजारको स्थीर तथा स्वस्थ विकासलाई शाकार तुल्याइने कुरा जनाइएको छ। सन् 2009 सालमा घर जग्गा बजारप्रति जनताको विश्वास तथा निर्धारित लक्ष्यलाई स्थीर पार्न र घर जग्गा बजारको लगानीलाई पनि स्थीर पार्नका लागि चीन सरकारले अझ सक्रिय तथा प्रभावकारी नीति र कदम लागू गर्नेछ। यसबाट घर जग्गाको कारोबार व्यवसायको स्थीर तथा सुचारु विकासलाई अघि बढाइनेछ। चीन सरकारले दुइटा महाधिवेशन समाप्त भएपछि घर जग्गा बजारसम्बन्धी ठोस् नीति तथा अन्तर्राष्ट्रिय बैंकिङ संकटको सामना गर्ने सम्बन्धित कदम सार्वजनिक गर्ने विश्वास मैले गरेकी छु। मेरो अपेक्षा र विश्वास कती पूरा हुन्छ हामी हेरौं है त!
अन्तमा मैले दुइटा महाधिवेशनको पूर्ण सफलताको शुकामना व्यक्त गर्दछु। यसका साथै सबै चिनियाँ नागरिकहरुको इच्छा पनि साकार हुने आशा मैले गरेकी छु।
|