china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सन् 2008 मा चिनियाँ राष्ट्रिय जन कांग्रेसद्वारा कानुन निर्माणमा दिइएको महत्वपूर्ण विषय
    (GMT+08:00) 2009-03-09 16:06:37    

          चिनियाँ राष्ट्रिय जनकाँग्रेस तथा त्यसको स्थायी समितिले गत वर्ष नौ वटा कानुनका प्रस्तावमाथि लेखाजोखा गरी पारित गरेको छ। ती प्रस्तावमध्ये प्रायजसो नागरिकको जीवनयापनसम्बन्धी कानुन थिए। पैचिङमा भइरहेको चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनमा चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले गत वर्ष चिनियाँ राष्ट्रिय जन कांग्रेसको विधायिका कार्यबारे निचोड निकाल्दै यस कुरामाथि फेरि जोड दिनुभयो।

              जनताको हितलाई केन्द्रमा राखेर नागरिकको जीवनयापनसम्बन्धी समस्याको समाधान गर्नु चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको कार्यमध्येको महत्वपूर्ण विषय हो। आफ्नो कार्यमा हामीले कानुन निर्माण तथा त्यसको अनुगमनसँग जोडेर कानुनको तर्जुमा तथा त्यसलाई पूर्णता दिलाउनुलाई ध्यान दिएका छौं। विधायिकालाई सबल पार्नुका साथै हामीले त्यसको अनुगमनलाई पनि प्रबल पारेका छौं। जसबाट चिनियाँ राष्ट्रिय जन काँग्रेसको कार्य नागरिकको जीवनयापनलाई अरु नजीक र प्रभावकारी पारिएको छ।

              चीनले सन् 2010 सम्म चीनको विशेषतायुक्त समाजवादी कानूनी प्रणालीको स्थापना गर्न प्रस्ताब प्रस्तुत गरेको छ। यस लक्ष्यलाई साकार तुल्याउनका लागि चिनियाँ राष्ट्रिय जनकाँग्रेसले वितेका एक वर्षमा नागरिकको जीवनयापनसम्बन्धी ऐनलाई गतिशीलताका साथ तर्जुमा गरेको छ। चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका कानुनविँद मो च हुङले त्यसको उच्च मूल्याँकन गर्नुभयो-

              गत वर्ष नागरिकको जीवनयापनलाई लक्षित गरी केही कानुनको तर्जुमा गरिएको थियो। कानुन निर्माणमार्फत् सरकार तथा समाजको जिम्मेवारीलाई सबल पारिएको छ। उदाहरणका लागि "अपांगहरुलाई प्रत्याभूति दिने कानुन" तथा "भूकम्प तथा प्रकोपको रोकथामसम्बन्धी कानुन"को संशोधन, "खाद्य पदार्थको सुरक्षासम्बन्धी कानुन"लगायत् कानुन गत वर्ष विधायिका संस्थाले नागरिकको जीवनयापनमा ध्यान दिएको विषयमा चालेका महत्वपूर्ण कदम थिए।

              यस पटकको चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिले गत वर्षको अप्रिलमा नयाँ संशोधित रुपमा "अपांगहरुलाई प्रत्याभूति दिने कानुन" पारित गरेको थियो। यस कानुनले अपांगहरुको उपचार, शिक्षा-दीक्षा, रोजगारी, सामाजिक प्रत्याभूति तथा अवरोधमुक्त वातावरणको निर्माण लगायत् पक्षमा अपांगहरुको अधिकारको प्रत्याभूति तथा सरकारको जिम्मेवारीलाई जोड दिएको छ।

              शिक्षा, रोजगारी तथा सामाजिक प्रत्याभूति चिनियाँ सर्वसाधारणले ध्यान दिएको विषय हो। बैंकिङ संकट समस्त विश्वमा विस्तार भएको परिस्थितिमा सर्वसाधारणका ती आग्रहहरु अरु टड्कारो हुँदै आएका छन्। त्यसका लागि चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिले सम्बन्धित कानुन तथा नियमलाई गतिशीलताका साथ तर्जुमा गर्नुका साथै सन् 2008देखि लागू गरिएको "श्रमिक करारसम्बन्धी कानुन"लाई जाँचबुझ गरेको छ।

            "श्रमिक करार सम्बन्धी कानुन" लाखौं लाख श्रमिक शक्तिको हक हित र अधिकारसम्बन्धी एउटा कानुन हो। त्यो कानुन लागू गरिएदेखि सम्पूर्ण समाजमा श्रमिक करारसम्बन्धी चेतना बढ्दै आएको छ भने व्यवसायका कामदार विशेष गरी किसान मजदूरहरुको हक-अधिकारको प्रत्याभूति कार्य सबल हुँदै आएको छ।

              सन् 2008मा चीनमा केही दैवी प्रकोपका घटनाहरू पनि भए। जसले जनतामा ठूलो क्षति पुर्‍याइएको छ। त्यसै कारण विधायिका संस्थाले नागरिकको जीवनयापनसम्बन्धी ऐनको जोडतोडसँग तर्जुमा गरेको छ। सन् 2008को मे महिनामा स छ्वान प्रान्तको वन छ्वान जिल्लामा विनाशकारी भूकम्प गएपछि भूकम्पको उद्धार कार्यमा प्राप्त उपयोगी अनुभवलाई सम्बन्धित कानुनमा राख्नका लागि चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिले गत वर्षको अन्त्यमा "भूकम्प तथा प्रकोप रोकथामसम्बन्धी कानुन"को संशोधित प्रस्तावमाथि लेखाजोखा गरी त्यसलाई पारित गरेको छ। चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले भन्नुभयो,

              विभिन्न पक्षको मतबमोजिम् स्थायी समितिले "भूकम्प तथा प्रकोपको रोकथामसम्बन्धी कानुन"माथि बृहत संशोधन गरी भूकम्पको उद्धार सम्बन्धी प्रणालीलाई पूर्णता दिलाउनुका साथै प्रकोपपछि पुन:निर्माणका लागि सम्बन्धित व्यवस्थालाई सबल पारेको छ।

               बितेका एक वर्षमा "कानुन निर्माणमा नागरिकको जीवनयापनलाई ध्यान दिनु" चिनियाँ समाजमा पहिले नभएको आवृत्तिबाट सञ्चार माध्यम तथा सर्वसाधारणसामु देखापरेको छ। जसले अर्थतन्त्रको स्थिर तथा तीब्र विकास र सामाजिक मेलमिलापलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। स छ्वान प्रान्तबाट आउनुभएका प्रतिनिधि फु यौंग लिनले भन्नुभयो,

              मुलुकको रणनीति सर्वसाधारणको जीवनयापनसम्बन्धी सबैभन्दा प्रत्यक्ष विषयसँग अनुकुल रहनुपर्छ। त्यसैले विधायिका संस्थाले मुलुक तथा सर्वसाधारणबीच एउटा सन्तुलित बिन्दु खोज्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040