चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिका अध्यक्ष उ बाङ कोले आज चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिसमक्ष कार्य प्रतिबेदन प्रस्तुत गर्दा गत वर्षको विधायिका कार्यमा चिनियाँ राष्ट्रिय जन कांग्रेसले वैज्ञानिक तथा प्रजातान्त्रिक रुपमा कानुनको निर्माण गरी कानुन निर्माणमा चिनियाँ नागरिकको व्यवस्थित सहभागीता बढाएको कुरा बताउनुभयो।
श्री उका अनुसार, यस पटकको चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्षस्तरीय बैठकको निर्णयबमोजिम्, स्थायी समितिले लेखाजोखा गर्ने कानुनको मस्यौदा-पत्रलाई चिनियाँ राष्ट्रिय जन कांग्रेसको वेभसाइटमा सार्वजनिक गर्नुपर्छ। महत्वपूर्ण कानुनको मस्यौदा-पत्रलाई चीनको मुख्य सञ्चार माध्यमद्वारा सार्वजनिक गरी व्यापक रुपमा जनताको मत संकलन गरिएको छ। यसका साथै विधायिका संस्थाले कानुनको मस्यौदा-पत्रमा लेखिएका महत्त्वपूर्ण विषयहरुको गहन रुपमा अनुसन्धान गरी गोष्ठी लगायत तरिकामार्फत सम्बन्धित पक्षसँग पूर्ण रुपमा छलफल गरी कानुनको मस्यौदालाई पूर्णता दिइएको छ।
|