|
अमेरिकी वातावरणीय संरक्षण विशेषज्ञ दानिल टैलर तथा रोबर्ट फ्लेमिङले हाल पत्रकारसँग कुराकानी गर्दै गत शताव्दीको असीको दशकको मध्यकालदेखि अहिलेसम्म तिब्बतका जनावर तथा बनस्पतिका प्रकार तथा संख्या निरन्तर रुपमा स्थिर राखिएको, केही जनावर तथा बनस्पतिको संख्या ठूलो मात्रामा बृद्धि भएको कुरा वताउनुभयो। उहाँहरुले तिब्बत विश्वमा सबैभन्दा सफल रहेका प्राकृतिक आरक्षण क्षेत्रमध्येको एक भएको ठहर गर्नुभयो।
अमेरिका तथा चीन दुई मुलुकका लेखकले संयुक्त रुपमा लेख्नुभएको "तिब्बतमा प्रवेश गरौं-जीव जन्तुको विविधता तथा त्यसको संरक्षण कार्य" नामक पुस्तक हाल अंग्रेजी भाषा, तिब्बती भाषा तथा चिनियाँ भाषामा प्रकाशित भएको छ। यस पुस्तकका लेखकहरुमध्येको एकको हैसियतले प्राध्यापक रोबर्ट फ्लेमिङले भन्नुभयो, समुद्र सतहदेखि सरदर चार हजार पाँच सय मिटर उचाइमा मानवलगायत् सम्पूर्ण जीव जन्तुले कठिन वातावरणमा बाँचेका छन्। तिब्बतका विभिन्न स्तरीय सरकारले जीव जन्तुको विविधताको संरक्षणमा ठूलो भूमिका निर्वाह गरेका कारण जीव जन्तुको विविधताको संरक्षण कार्यमा राम्रो उपलव्धि हासिल भएको छ।
|