china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बैंकिङ्ग संकटका सामु जनताको जीवनलाई प्रत्याभूति र सुधार गर्ने कार्यमा चीन झन दृढ
    (GMT+08:00) 2009-03-10 16:57:35    

          अन्तर्राष्ट्रिय बैंकिङ्ग संकट लगातार फैलिइरहेको र चीनको आर्थिक विकासका सामु नयाँ चुनौती देखा परेको पृष्ठभूमिमा पैचिंगमा आयोजित चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनले जनताको जीवनलाई प्रत्याभूति र सुधार गर्ने विषय बारे झन कडा ध्यान दिएको छ।

              राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवं चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत जन संख्या र श्रमिक अर्थतन्त्र अनुसन्धान प्रतिष्ठानका प्रमुख छाई फानले भन्नुभयो- चिनियाँ सर्वसाधारणलाई अति चासो भएका चिकित्सा, बूढेस्कालको पालन पोषण, घरवार र शिक्षा जस्ता सामाजिक सुनिश्चितताको समस्याको समुचित पाराबाट समाधान गर्न सकिन्छ कि सकिंदैन भन्ने कुरा चाहिं अब चीनले स्वदेशी आवश्यकतालाई बढाउन र अर्थतन्त्रको स्थिर रुपले छिटो बृद्धि गर्न सकिन्छ कि सकिंदैन भन्ने दिशातर्फको मुख्य कारकतत्व बनेको छ। उहाँले भन्नुभयो-

              "अहिले हाम्रा प्रायजसो बासिन्दाहरु बैंकमा पैसा राख्न जान्छन तर उपभोग गर्न त्यतिको आँट गर्दैनन। त्यसमध्येको बढी कारण चाहिं उनीहरुले भावी चिन्ता लिएकाले हो। उनीहरुलाई आफू बूढो भएपछि के गर्ने? विरामी भएपछि के गर्ने? बेरोजगारी भएपछि के गर्ने? छोराछोरी विद्यालयमा पढन पठाउनुपर्छ, तर पैसा छैन भने के गर्ने? भन्ने जस्ता नाना थरिका डर छ। यदि सरकारले बढी खर्च गरेर झन् बढी मानिसहरुलाई सामाजिक सुनिश्चितता प्रणालीमा समेट्न सक्ने हो भने हामीले स्वदेशी आवश्यकतालाई बढाउने काम शुरु गर्न सक्नेछौं"।

              जनताको आवाजप्रति सरकारले प्रतिक्रिया जनाएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले पाँच तारिखको सरकारी प्रतिवेदनमा भावी नीति र कार्यक्रम पेश गर्दै भन्नुभयो- जति कठिन स्थिति देखिएको छ उति नै झन जनताको जीवनमा ख्याल विचार पुर्‍याउनुपर्छ। यस वर्ष हामीले शक्तिलाई केन्द्रित पार्दै आर्थिक र सामाजिक विकासका लागि जरुरी परेका अनि सर्वसाधारण जनताको ठोस हितसित आबद्ध वास्तविक कामकुराहरु गर्नुपर्छ।

              एक अरब तीस करोड जन संख्या भएको चीनका लागि ती समस्याहरुको राम्ररी समाधान गर्न सजिलो कुरा होइन। यसका लागि चीन सरकारले आफ्नो शक्तिलाई केन्द्रित पारेर केही असल काम गर्ने संकल्प लिएको छ। तीमध्येको एक काम चाहिं चिकित्सा र स्वास्थ्य परिपाटीको सुधार कार्य गर्नु हो। यसबाट सर्वसाधारणहरुका लागि विरामी भएपछि डाक्टरलाई हेर्न गाह्रो भएको र चिकित्सा खर्च महङगो भएको समस्याको समाधान गर्न सकिनेछ।

              विगत धेरै वर्षदेखि यता चीनले चिकित्सा र स्वास्थ्य परिपाटीको सुधार गर्ने दिशा पत्तो लगाउँदै आएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले यस विषय बारे भन्नुभयो-अब आउँदा तीन वर्षभित्र चीनले नयाँ चरणको चिकित्सा र स्वास्थ्य परिपाटीको सुधार कार्यलाई घच्घच्याउनका लागि आठ खर्ब पचास अर्ब चिनियाँ युआन छुट्याउने भएको छ। र सर्वसाधारण जनताका लागि सुरक्षित, प्रभावकारी, सुविधाजनक र सुलभ चिकित्सा सेवा प्रदान गर्नेछ।

              यस विषय बारे पैचिंगमा राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा भाग लिनुभएका प्रतिनिधिहरुले पनि धेरै सुझाव प्रस्तुत गर्नुभएको छ। कान सु प्रान्तीय स्वास्थ्य विभागीय उप प्रमुख श्रीमती को यू फनले चिकित्सा र स्वास्थ्य परिपाटीको सुधारका क्रममा सरकारी बजेट अविकसित क्षेत्रहरुतर्फ धकेल्नुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो-

              "हाम्रा पश्चिमी भागमा तेर्सिएका समस्याहरुमा पहिलो कुरा चिकित्साको श्रोत साधन निकै कम छ। दोश्रो कुरा चाहिं प्रति व्यक्तिका लागि डाक्टरको अनुपात अति कम छ। प्रधानमन्त्री वनले सार्वजनिक स्वास्थ्य सेवालाई क्रमशः औसत समान तुल्याउनुपर्ने कुरा बताउनुभयो। यस्तो अवस्थामा मेरो विचारमा सरकारी बजेट पश्चिमी भागतर्फ धकेल्नुपर्छ"।

             पैचिंग विश्वविद्यालयअन्तर्गत तेश्रो अस्पतालका हाड विभागीय प्रमुख लिउ चोंग च्युनले अहिले उच्च स्तरीय चिकित्सकहरु प्रायजसो ठूला अस्पतालमा मात्र केन्द्रित रहेका छन त्यसैले शहरका सामुदायिक अस्पतालको निर्माण गर्ने र दक्ष चिकित्सकलाई हुर्काउने काम गर्नुपर्ने ठहर लिनुभयो।

              चिकित्सा समस्यालाई उस्तै महत्वपूर्ण ठाउँमा उतारिएको ग्रामीण क्षेत्रमा बृद्ध व्यक्तिलाई पालन पोषणको समस्या पनि छ। हाल चीनका केही ठाउँहरुले नयाँ ढांचे गाउँघरमा सामाजिक बृद्ध वीमा सम्बन्धी परीक्षण कार्य थालिसकेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040