china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका सर्वोच्च आधिकारिक संस्था चिनियाँ राष्ट्रिय जनकंग्रेस र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका चालु अधिवेशनलाई नेपालका विभिन्न व्यक्तिहरुले शुभकामना दिएका छन्।
    (GMT+08:00) 2009-03-10 15:54:43    

         नेपालको अशल छिमेकी राष्ट्र चीनका सर्वोच्च आधिकारिक दुई संस्थाका नियमित अधिवेशनलाई विशेष चासोका साथ नेपालीहरुल हेरेका छन्। यही मार्चको 3 तारिख सुरु भएको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको वाषिक नियमित अधिवेशन तथा 5 तारिख सुरु भएको चिनियाँ राष्ट्रिय जनकंग्रेसको वाषिक नियमित अधिवेशनको सफलताको शुभकामना दिँदै आर्थिक मन्दीबाट चीनलाई जोगाएर समृद्ध राष्ट्र बनाउन मन्तव्य दिइएको छ।

              सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार प्रकाशबाबु पौडेल नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनका संस्थापक अध्यक्ष तथा चीन अध्ययन केन्द्रका सचिव पनि हुनुहुन्छ। उहाँले सि.आर.आई.सँग कुरा गर्दै दुवै अधिवेशनको भव्य सफलताको कामना व्यक्त गर्नु भएको छ। चीनको आर्थिक विकास र प्रगतिले विश्वलाई आश्चर्यचकित बनाएको उल्लेख गर्दै अहिले विश्व्मा देखिएको आर्थिक मन्दीबाट चीनलाई जोगाउनका लागि यी अधिवेशनले कोषेढुङ्गाको कामन गर्ने विश्वास पनि प्रकट गर्नु भएको छ।

              त्यसैगरी नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराईले विज्ञान र प्रविधिमा चीनले गरेको प्रगतिले चिनियाँ जनतालाई सफलताको शिखरमा पुर्‍याएको बताउँदै अहिले चीनका दुई ठूला अधिवेशनलाई विश्वले उत्साहपूर्वक हेरिरहेको खुलासा गर्नुभयो।

              सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका प्रचार विभाग प्रमुख हुमबहादुर खड्‍काले महान् चिनियाँ जनता, चिनियाँ राष्ट्रपति तथा चिनियाँ प्रधानमन्त्रीलाई अहिले विश्वमा देखिएको आर्थिक संकटका विरुद्ध लड्‍ने क्षमताको विकास होस्‍ भन्दै सफलताको शुभकामना दिनु भएको छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040