china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ व्यवसायले विदेशी व्यवसायलाई कसरी सहयोग गर्ने भन्नेबारे चीनद्वारा अध्ययन
    (GMT+08:00) 2009-03-10 13:50:49    

             चिनियाँ वाणिज्य मन्त्री छन् त मिङले आज पैचिङमा भइरहेको चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनमा बोल्दै शक्तिशाली चिनियाँ व्यवसायले विदेशी व्यवसायलाई सहयोग गर्ने, विदेशका लागि परियोजना ठेक्कामा लिने, चिनियाँ व्यवसाय "बाहिर जाने" लगायत पक्षमा कसरी विकास गर्ने भन्ने विषयबारे अनुसन्धान गरिरहेको कुरा बताउनुभयो।

             उहाँका अनुसार, उहाँको नेतृत्वमा चीनको व्यापरिक दलले हालै पश्चिम युरोपका चार मुलुकको भ्रमण गर्दा कतिपय मुलुकहरुले चीनसमक्ष धेरै परियोजना तथा व्यवसायहरु प्रस्तुत गरी चीनसँग सहयोग गर्नसक्ने आशा व्यक्त गरेका छन्। त्यसप्रति चीनले निकै सकारात्मक धारणा लिएको छ। चीनले विदेशलाई सहायता पुर्‍याउने परिमाणलाई समुचित रुपमा बढाएर व्यापार तथा लगानीलाई अरु सुविधाजनक पार्नका लागि अध्ययन गर्नेछ।

             केही मुलुकले अन्तर्राष्ट्रिय व्यापारमा चीनले व्यापारिक नाफालाई मात्र महत्व दिएको भन्ने कथित् भनाइ गलत रहेको कुरा पनि श्री छन् त मिङले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040