हालै अमेरिकी नौ सेनाको अनुगमन तथा मापन जहाजले स्विकृति नलिई चीनको दक्षिणी समुद्रको विशेष आर्थिक क्षेत्रमा काम गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्युले आज बोल्दै चीनले अमेरिकासँग गम्भीर रुपमा सम्पर्क गर्दै तुरुन्तै सबै गतिविधि बन्द गर्न आग्रह गरेको कुरा बताउनुभएको छ।
उहाँले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले त्यस्ता घटना पुनः उत्पन्न हुन नदिने प्रभावकारी कदम चाल्नुपर्ने कुरामा जोड दिनुभएको छ।
|