चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता मा छाउ य्युले आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनका प्रधानमन्त्री वन च्या पाउको निमन्त्रणामा प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका प्रधानमन्त्री किम योँग इलले यही मार्च सत्रदेखि एकाईस तारिखसम्म चीनको मैत्रीपूर्ण भ्रमण गर्नुहुने कुरा वताउनुभयो।
चीन भ्रमणको अवसरमा चिनियाँ नेताले श्री किम योँग इलसँग वार्ता गर्नुका साथै दुई पक्षको सम्बन्ध तथा दुई पक्षबीच साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे वैचारिक आदान-प्रदान गर्नुहुने कुरा पनि उहाँले वताउनुभयो।
|