
चीनका प्रधानमन्त्री वन च्या पाउले सुधार र खुलापन, वर्तमान चीनको भाग्य निर्माण गर्ने उचित छनौट हो र वर्तमान अन्तर्राष्ट्रिय बैंकींग संकटको सामना गर्ने शक्तिशाली हतियार हो भन्दै जति कठिन स्थिति भए पनि सुधार र खुलापनमा लागिरहने कुरा व्यक्त गर्नुभयो।
उहाँले दश तारिखका दिन राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा सहभागी भित्री मंगोलियाली प्रतिनिधि मण्डलको बैठकमा उक्त कुरा बताउनुभएको हो।
उक्त अवसरमा प्रधानमन्त्री वन च्या पाउले राष्ट्रिय जन काँग्रेसको कार्य प्रतिवेदनलाई आफूले पूराका पूरै स्वीकार गरेको कुरा पनि बताउनुभयो।
|