china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल सरकारले नेपाल र चीनबीचको सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाएको छ।
    (GMT+08:00) 2009-03-11 13:53:22    

         नेपालको भूमि प्रयोग गरेर चीन बिरोधी गतिविधि हुनसक्ने सूचना प्राप्त गरेपछि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएकधो गृह मन्त्रालयले बताएको छ।

              गृह मंत्रालयका प्रवक्ता नवीन घिमिरेले सि.आर.आई.सँग कुरा गर्दै सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अनावश्यक व्यक्तिलाई आवतजावत गर्न रोक लगाइएको बताउनुभयो। चालु मार्च महिना चीनको स्वायत्त प्रदेश तिब्बतबाट दासप्रथा उन्मुलन भएको पचासौँ वार्षिकोत्सव हो। चीनको स्वायत्त प्रदेश तिब्बतका लाखौँ जनता खुशीयालीमा आधुनिक विकासको पचासौँ वार्षिकोत्सव मनाइरहेका बेला भारतमा निर्वासित दलाई गुटले नेपालको भूमि प्रयोग गरेर चीन बिरोधी गतिविधि सञ्चालन गर्ने सूचना सरकारले प्राप्त गरेको हो।

              गतवर्षको मार्च महिनादेखि काठमाडौँमा चीन बिरोधी गतिविधि सुरु भएको थियो। भारताको धर्मशालाबाट छद्‍म भेषमा नेपाल प्रवेश गरेर चीन बिरोधी गतिविधि सञ्चालन गर्ने तथा कथित तिब्बती शरणार्थीका नाममा शान्ति सुव्यवस्था भंग गर्ने गरेका छन्।

              नेपालको भूमि हुँदै तातोपानी नाकाबाट चीनको तिब्बतसम्म प्रवेश गरेर शान्ति सुव्यवस्था भंग गर्ने संभावना रहेकाले सीमा सुरक्षा कडा बनाइएको गृहप्रवक्ता घिमिरेले बताउनुभयो। हाल केही समयका लाग तातोपानी नाका लगायतका नेपाल र चीन बीचका नाकामा विशेष निगरानी बढाइएको छ। सिन्धुपाल्चोकमा भएको दुई पक्षीय बैठकमा सीमा सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरिएको गृहप्रवक्ता घिमिरेले सि.आर.आई.लाई बताउनुभयो।

              एक चीनको नीतिमा नेपाल अडिग रहेको र दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पर्न नदिन सरकार गम्भीर र सजग रहेको पनि उहाँले जोड दिनु भयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040